कला

पोखरामा आज ‘भिटामिन जी नाइट’ हुँदै

पोखरा । पोखरामा शुक्रबार भिटामिन जी नाइट हुुन गइरहेको छ । पोखरा चिप्लेढुंगाको सेलवेज टावरस्थित क्लाउड नाइन रेष्ट्रो एण्ड लाउन्ज बारद्धारा कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा आतिथ्य व्याण्ड, द एस व्याण्ड, शोलो गायक सुशिल र मनोज पुनको प्रस्तुति रहने क्लाउड नाइन रेष्ट्रो एण्ड लाउन्ज बारका सञ्चालक महेश्वर सिंह भण्डारीले जानकारी दिए ।

कार्यक्रम एकीन गुरुङ र नीशा गुरुङले सञ्चालन गर्नेछन् । कार्यक्रमलाई टुवोर्ग वियरको मुख्य प्रायोजन, क्यान्भास वाइन, खुकुरी रम, प्यूरो पानी, रक्सी सुकुटी, पेप्सी र एम्स एकेडेमीले सहयोग गरेको छ ।

कार्यक्रम प्रमोशनल पार्टनर ट्रोल पोखरा, मिडिया पार्टनर गण्डकी भ्वाइस डटकम र मेरो साथी टिभि रहनेछ ।

भिटामिन जि हिप(हप ब्याण्ड २०२१ मा स्थापित भएको ब्याण्डका मुख्य गायक विजेन थापा काजीले बताए । ब्याण्डमा काजीसहित युनिक ताङ्वे, विट वक्समा आयुष र गिटारमा अमित रकर छन् ।

सांगीतिक क्षेत्रमा स्वस्थ संगीत ९हेल्दी साउण्ड० मार्फत मनोरञ्जन प्रदान गर्नका लागि आफूहरु अग्रसर भएको काजीले बताए ।

सम्बन्धित समाचार

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

नेपाली चलचित्र पहाडको ‘मोहनी लगाउने’ सार्वजनिक

काठमाडौँ। नेपाली चलचित्र पहाडको गीतको भिडियो सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको ‘मोहनी लगाउने’ बोलको गीत...

सलमान खानका बुवा डिस्चार्ज

सलमान खानका बुवा डिस्चार्ज

बलिउड पटकथा लेखक तथा अभिनेता सलमान खानका बुवा सलिम खान करिक १ महिनाको मुम्बईको लीलावती अस्पतालबाट डिस्चार्ज भएका छन्।...

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...