Breaking News

सर्लाहीमा प्रतिनिधि सभा निर्वाचन: १३३ उम्मेदवारले मनोनयन दर्ता गरे

सर्लाही। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाही जिल्लाका चार निर्वाचन क्षेत्रमा कुल १३३ जनाले उम्मेदवारी दर्ता गरेका छन्। मंगलबार जिल्ला निर्वाचन कार्यालयमा राजनीतिक दलका ६१ र स्वतन्त्र ७२ उम्मेदवारले आफ्नो मनोनयन पत्र पेश गरेका हुन्।

जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा मनिषकुमार साहका अनुसार, क्षेत्र नं. १ मा २९ उम्मेदवार (१० स्वतन्त्र), क्षेत्र नं. २ मा ३१ उम्मेदवार (१७ स्वतन्त्र), क्षेत्र नं. ३ मा ३४ उम्मेदवार (१९ स्वतन्त्र) र क्षेत्र नं. ४ मा ३९ उम्मेदवार (२६ स्वतन्त्र) छन्।

प्रमुख उम्मेदवारहरूमा क्षेत्र नं. १ बाट नितिमा भण्डारी (रास्वपा), प्रमोद साह (नेकपा), राम प्रकाश चौधरी (जसपा नेपाल), विकास ठाकुर (राष्ट्रिय मुक्ति पार्टी); क्षेत्र नं. २ बाट राजेन्द्र महतो (राष्ट्रिय मुक्ति पार्टी), महेन्द्र राय यादव (नेकपा), डा. सरोज कुमार (कांग्रेस); क्षेत्र नं. ३ बाट नरेन्द्र साह कलवार (रास्वपा), नारायण काजी श्रेष्ठ (नेकपा), विनोदकुमार ढकाल (कांग्रेस), हरिप्रसाद उप्रेती (एमाले); र क्षेत्र नं. ४ बाट गगन कुमार थापा (कांग्रेस), अमरेश कुमार सिंह (रास्वपा), रामेश्वर राय यादव (जसपा नेपाल) रहेका छन्।

निर्वाचन अधिकृतले उम्मेदवारी दर्ता प्रक्रिया सहज र पारदर्शी ढंगले सम्पन्न भएको जानकारी दिएका छन्। निर्वाचन अघि जिल्लाभर राजनीतिक गतिविधि र प्रचार अभियान पनि तीव्र हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहामा वकिलको फर्ममै बम विस्फोट, एक जना घाइते

सिरहा। सिरहा सदरमुकामस्थित जिल्ला अदालत अगाडि रहेको ‘मधेश ल फर्म’मा आज दिउँसो बम विस्फोट भएको छ। जिल्ला प्रहरी कार्यालयका...

नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने

नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने

काठमाडौँ। मध्यपूर्वमा देखिएको तनावका कारण स्थगित भएको नेपाल एयरआइन्सको दुबई उडान फेरि सञ्चालन हुने भएको छ। नेपाल एयरलाइन्सले बुधबार...

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

सामूहिक कुटपिटका घटनामा आठ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

रौतहट। यहाँको फतुवा विजयपुर नगरपालिका–५ सन्तपुरस्थित दलित (चमार) टोलमा यही फागुन १९ गते दुई महिलासहित छ जनामाथि सामूहिक रुपमा...

विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने

विदेशी मुद्रा सञ्चिति नाघ्यो ३३ खर्ब, २१ महिनाको आयात धान्ने

काठमाडौँ। मुलुकको ढुकुटीमा विदेशी मुद्रा सञ्चिति ३३ खर्ब नाघेको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको...