अर्थ

सुनचाँदीको मूल्यमा उतारचढाव कायमै, पुनः घटेर तोलाको ९७ हजार २ सय पुग्यो

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । । साताको अन्तिम दिन शुक्रबार पनि छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेको छ ।तोलामा ३ सय रुपैयाँ घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार तोकिएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दएको छ ।

बिहीबार छापावाला सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयामा कारोबार तोकिएको महासंघले जनाएको छ ।

बिहीबार तेजाबी सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

शुक्रबार तोलामा २५ रुपैयाँले घटेसँगै चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...