सुनचाँदीको मूल्यमा उतारचढाव कायमै, पुनः घटेर तोलाको ९७ हजार २ सय पुग्यो

काठमाडौं । पछिल्लो समयमा नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव कायमै रहेको छ । । साताको अन्तिम दिन शुक्रबार पनि छापावाला सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेको छ ।तोलामा ३ सय रुपैयाँ घटेसँगै आज छापावाला सुनको मूल्य तोलाको ९७ हजार २ सय रुपैयाँमा कारोबार तोकिएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दएको छ ।

बिहीबार छापावाला सुन तोलाको ९७ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९६ हजार ७ सय रुपैयामा कारोबार तोकिएको महासंघले जनाएको छ ।

बिहीबार तेजाबी सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

शुक्रबार तोलामा २५ रुपैयाँले घटेसँगै चाँदी तोलाको १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १२ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like
Comments
Loading...