मनोबल उच्च पार्न कार्यकर्तालाई निर्देशन दिंदै अध्यक्ष ओलीले भन्नुभयो : ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौं
दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा बिजय हासिल गर्ने बताउनुभएको छ । कांग्रेस थिग्रिन नसकेको र पूर्वमाओवादीका धेरै मतदाताहरु पनि एमालेमै भोट हाल्ने मनस्थितिमा रहेको उल्लेख गर्दै उहाँले कुल खसेको मतको दुई तिहाई भन्दा बढि मत एमालेले बताउनु उहाँको भनाई छ ।
बुधबार झापाको कमल गाउँपालिकाका कार्यकर्ताहरुसँगको भेटमा उहाँले यहाँको विकास, रुपान्तरण, जनआधारका कारण सिंगो क्षेत्रनै एमालेको पक्षमा एक ढिक्का रहेको बताउनुभयो । त्यस क्रममा उहाँले अहिले राजनीतिलाई अपराधीकरण हुनबाट जोगाउने बेला आएको पनि बताउनुभयो । गत भदौमा भएको आन्दोलनमा राजनीतिक कार्य भन्दा बढि आपराधीक कार्यहरु भएको उल्लेख गर्दै त्यस बेला केहि व्यक्तिको आन्दोलनका क्रममा मृत्यु भएको भए पनि धेरै जसो आपराधीक कार्य गर्दा मृत्यु भएको उल्लेख गर्नुभयो ।
‘हामीले भने अनुसार चल्नु पर्छ भन्ने पनि आउलान, दबार देलान’ अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यस्तो दवाललार्ई स्विकार्ने कुरा आउँदैन।’ काँग्रेस र एमाले मिल्न नदिने, देशमा विदेशीले केही गर्न नपाउने भए भनेर यि सव गराईएको उहाँको भनाई छ । अस्थिरताको खेती गर्नेहरुले यि सव काम गरेको भन्दै त्यस्ताबाट देशलाई जोगाउनु पर्ने अध्यक्ष ओलीले उल्लेख गर्नुभयो ।
‘त्यो त आपराधीक घट्ना हो नि । नगरपालिका किन जलाएको, विजनेस कम्प्लेक्स किन जलाएको ?’ उहाँले भन्नुभयो, ‘दमक नमूना सहरको रुपमा विकास भई रहेको छ । त्यो भवनमा भ्यू टावरमा होइन आईटी हबको रुपमा विकास गर्न सकिन्थ्यो नि, यसरी देश जलाएर, जनता आतङ्कित पारेर पनि हुन्छ?’
दमक, कमल, गौरादह, गौरीगञ्ज लगायतका क्षेत्रमा भएका विकास र प्रगती सवैका आँखा अघि छर्लङ् रहेको भन्दै उहाँले यो देश, यो क्षेत्रका लागि कुनै योगदान नगरेका व्यक्तिहरुबाट केहि हुन पनि नसक्ने दावि गर्नुभयो । यहाँको नदीकटान नियन्त्रण, बाँध निर्माण, पुल तथा सडक निर्माण, विद्यालय भवन, विद्युतीकरण, खानेपानी, स्वास्थ्य क्षेत्र हरेक क्षेत्रमा भएको विकासबारे कसैलाई बुझ्न बाँकि रहेछ भने बुझाउन पनि उहाँको आग्रह छ ।
दमकमा अपांगता भएकाहरुको सिक्री झिक्ने, अपमान गर्नेहरुबाट जोगाउँदै विकासका कामलाई थप तिव्रता दिन जरुरी रहेको उहाँले उल्लेख गर्नुभयो । सुकुमबासी बस्तिमा डोजर चलाउनेहरुलाई भुमिहिन नागरिकलाई कसरी बसोबासको व्यवस्था मिलाउने थाह नहुने भन्दै विपन्न आवास कार्यक्रम, एकिकृत वस्ति विकास लगायतका योजनाबाट धेरैले घरबास पाएको पनि उहाँले स्मरण गराउनुभयो ।
रंगशाला बनाउन थाल्दा अरुले भाषण मात्र गरेर भाँडेको उल्लेख गर्दै अध्यक्ष ओलीले अब अन्तर्राष्ट्रिय स्तरको रंगशाला फागुनको चुनाव पछि बनाईने पनि बताउनुभयो । पुर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले यस क्षेत्रमा रहेका विभिन्न पालिकाका वडा स्तरमा रहेका मतदाता र कार्यकर्ताहरुलाई उनले अलग अलग भेट गरि रहेको एमालेले जनाएको छ ।
ताजा अपडेट
-
१.
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
-
२.
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
-
३.
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
-
४.
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
-
५.
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
ट्रेन्डिङ
सम्बन्धित समाचार
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र...




