Breaking News

प्रतिनिधि सभा सदस्य निर्वाचनः ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी

काठमाडौं। आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयनपत्र दर्ता गरेका ३ हजार ४८६ उम्मेदवारमध्ये ५ उम्मेदवारविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।

निर्वाचन आयोगले बुधवार पत्रकार सम्मेलनको आयोजना निर्वाचन क्षेत्रस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत ५ उजुरी दर्ता भएको जानकारी दिएको हो । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार भक्तपुर–२ मा दुई वटा र सुनसरी–२, रौतहट–१ र कैलाली–१ मा एक/एक गरी जम्मा ५ वटा उजुरी दर्ता भएका हुन् । उहाँले निर्वाचन कार्यतालिकाअनुसार बिहीवार उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘सुनसरी जिल्ला क्षेत्र नम्बर २, भक्तपुर जिल्ला क्षेत्र नम्बर २ दुई वटा र रौतहट जिल्ला क्षेत्र नम्बर १ र कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा एक/एक गरी जम्मा ५ वटा उजुरी परेको छ । निर्वाचन कार्यतालिकाअनुसार भोलि उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम रहेको छ ।’

उहाँले माघ ९ गते दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जानकारी दिनुभयो । सोही दिन दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने कार्यक्रम रहेको छ ।-न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

ओली टिचिङ अस्पतालमा भर्ना

ओली टिचिङ अस्पतालमा भर्ना

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा भर्ना हुनुभएको छ। उहाँलाई त्रिवि शिक्षण अस्पतालको...

औपचारिकरूपमै सडक संघर्षमा एमाले

औपचारिकरूपमै सडक संघर्षमा एमाले

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठकले चारवटा निर्णय गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेलगत्तै शनिबार...

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

ओली र लेखकलाई प्रहरी परिसर भद्रकालीमा राखियो

काठमाडौँ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको...

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

ओली पक्राउपछि एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ। पूर्वप्रधानमन्त्री आफ्ना अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेकपा एमालेले आजका लागि सचिवालय बैठक बोलाएको छ। एमालेका सचिव...