धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्: ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर नफाल्न आग्रह गर्नुभएको छ । झापामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आग्रह गर्नुभएको हो ।
बैंकले नोट छाप्दा धितो जमानी बिना नछाप्ने भन्दै भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्न नहुने जिकिर गर्नुभयो । नचिनेको मान्छेलाई २०६४ सालमा मत दिँदा विकासमा पछि परेको स्मरण गर्न आग्रह गर्नुभयो । आफूले महोत्तरीस्थित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहको घरअघि सडक, पुल निर्माण गरिदिएको तर झापामा साहले के गर्नुभएको छ ? भन्दै प्रश्न गर्नुभयो ।
साहले काठमाडौंका सुकुम्वासीहरुको उठिवास गराएको देखेर झापाका सुकुम्वासीहरुले आफूलाई झापाबाट पनि भगाउने हुन् की भन्ने डर पैदा भएको गुनासो गरेको बताउनु भयो । हरेक निर्वाचन क्षेत्रमा पर्यटक उम्मेदवारलाई नभइ स्थानीय उम्मेदवारलाई मतदान गरेर जिताउनुपर्ने बताउनु भयो । उहाँले नेकपा एमाले बहुमत ल्याउन, सांसद बन्न, मन्त्री, प्रधानमन्त्री बन्नका लागि मात्रै नभइ देश जोगाउन, शान्ति सुव्यवस्था कायम गर्नका लागि र संविधानलाई लयमा ल्याउनका लागि संघर्ष गरिरहेको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘हामी बहुमत ल्याउने, सांसद बन्ने, मन्त्री, प्रधानमन्त्री बन्ने त्यसका लागि बल गरिरहेका छैनौँ । यो देश जोगाउनका लागि, यो देशमा शान्ति, सुव्यवस्था कायम गर्न, यो देशमा सुशासन र विकास ल्याउनका लागि, यो देशमा संविधानलाई ट्रयाकमा ल्याउनका लागि, यो देशमा लोकतन्त्र स्थापना,पुनःस्थापना र सुदृढ बनाउनका लागि आज हामी संघर्ष गरिरहेका छौँ । हाम्रो युवाहरुले बुझ्नुपर्दछ । हाम्रो दाजुभाई दिदिबहिनीहरुले बुझ्नुपर्दछ । पोहोर परार २०६४ सालमा एक पटक चल्यो । ०६४ सालमा एमालेलाई धेरै पटक भोट दियौँ अब एक पटक नयाँलाई भनेर । नयाँलाई भोट दिइसकेपछि त्यसको स्वाद यस्तो तीतो, यस्तो अमिलो, न जिब्रो पखाल्दा जान्छ, न हरु केही गर्दा । ०६४ देखि न एक सिन्का विकास भयो । न जनतासँग सम्पर्क छ, न एउटा कुनै वरको सिन्को पर सर्दैन, सिन्को भाँचिदैन । विकास हुँदैन । जसले गर्दा विकासको काम फेरि पछाडि पर्यो । अहिले पनि म अलिअलि सुन्छु नयाँ । नयाँ को भन्दा चिनेको जानेको छैन । बैंकले नोट छाप्दा धितो जमानी बिना छाप्दैन । यहाँ भोट हाल्दा धितो न जमानीको मान्छेलाई भोट हाल्नु हुन्छ ? खोज्दै कहाँ जानुहुन्छ, घर देख्नुभएको छ ? हामी त कमसेकम के भन्नसक्छौँ भने मैले यहाँ खुशीसाथ आएका उम्मेदवार यो ठाउँमा केही पनि छैन । राष्ट्रियस्तरमा भिजन भएको पनि होइन । उहाँले यहाँ के गर्ने ? उहाँको घर अघिको बाटो मैले पक्की बनाइदिएको छु । मैले उहाँको घर अघिको बाटोमा पुल हालिदिएको छु । उहाँको महोत्तरी जिल्ला क्षेत्र नम्बर ३ को मटियानीबाट जनकपुर जाने बाटोमा त्यहाँ पुल हालिदिएको छु । हामी त गर्छौं त । कुनै काम गरेको छैन, कुनै काम देखाएको छैन । सुकुम्बासी साथीहरुले भन्दै थिए, सुकुम्बासी भत्काउने अरे, डोजर लगाउने अरे । कोको मान्छे पो आएका छन् भनेर डर लाग्यो भन्दै थिए ।’
अध्यक्ष ओलीले बालेन्द्र साह उम्मेदवार मात्रै हुन गएको र त्यसले केही नबिग्रिने बताउनु भयो । सामाजिक सञ्जालको तुवाँलोले फिँजाएको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
-
२.
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
-
३.
पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै
-
४.
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
-
५.
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...
पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै
ललितपुर । पुल्चोकस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी हुँदा पूर्णतः क्षति भएको छ । रुफटप सहित रेष्टुरेन्टको दुई तला पूर्ण...
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...
पुलचोकको दाउरा थकालीमा आगलागी
काठमाडौं । पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी...




