Breaking News

प्रतिनिधिसभा निर्वाचन ; आज उम्मेदवारी फिर्ता दिन सक्ने

काठमाडौं। प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज नाम फिर्ता लिन सक्ने निर्वाचन आयोगले जनाएको छ।

निर्वाचन कार्यतालिकाअनुसार आज बिहान १०ः०० देखि दिउँसो १ः०० बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

यसपछि आजै दिउँसो १ः०० देखि ३ः०० बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।

आयोगका अनुसार अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रमअनुसार माघ ७ गते दाबीविरोधमा उजुरी दिने अवधि तोकिएको थियो।

सोही दिन उम्मेदवारी पत्र र उजुरी जाँचबुझ एवं निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गरिएको छ।

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारी दर्ता भएको छ। यही माघ ६ गते देशभर एकैपटक मनोनयनपत्र दर्ता सम्पन्न भएको हो।

कुल उम्मेदवारीमध्ये तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला तथा अन्य एक जना रहेका छन्।

प्रतिनिधिसभाको निर्वाचन आगामी फागुन २१ गते हुँदै छ।

कुल दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत एक सय १० जना र प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत एक सय ६५ सदस्य निर्वाचित हुनेछन्।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...