अन्तर्वार्ता

लाइफ केयरमा अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरिरहेका छौंः कँडेल

पोखराको न्युरोडमा रहेको लाइफकेयर डाइग्नोस्टिक प्रा.लि. (लाइफकेयर ल्याब) गण्डकी प्रदेशको एकमात्र ‘क’ वर्गको ल्याब हो । अत्याधुनिक प्रविधि तथा दक्ष जनशक्तिमार्फत रक्त परीक्षण सेवा प्रदान गर्दै आइरहेको ल्याबले पछिल्लो समय पिसिआर परीक्षणसमेत गर्दै आइरहेको छ । यसैक्रममा ल्याबका प्रवन्ध निर्देशक शुक्रराज कँडेलसँग ल्याबका विविध विषयमा केन्द्रित रहेर खबरसेवाका लागि गरिएको कुराकानीः

लाइफ केयर डाइग्नोष्टिक्स एण्ड रिसर्च सेन्टर सञ्चालन गर्नुको उद्देश्य के हो ?

लाइफ केयर डाइग्नोष्टिकस एण्ड रिसर्च सेन्टर २०७१ साल फागुन ३ गतेबाट सञ्चालन शुरु गरिएको हो । गण्डकी प्रदेशकै १ मात्र क वर्गको प्रयोगशाला हो । गण्डकी प्रदेश तथा आसपासका बिरामी परीक्षणको लागि काठमाडौं तथा विदेश जानुपर्ने परिस्थितिलाई मध्यनजर गर्दै लाइफ केयर डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टर स्थापना गरिएको हो ।

अत्याधुनिक प्रविधि र विषय विशेषज्ञद्वारा सेवा प्रदान गर्नेगरी ल्याब स्थापना भएको हो । ल्याब स्थापना भएसँगै रक्त परीक्षणका लागि बिरामी काठमाडौं, भारत तथा विदेश जानुपर्ने बाध्यताको अन्त्य भएको छ । गरिब तथा विपन्न नागरिकले पोखरामा नै स्वास्थ्य सम्वन्धी विभिन्न परीक्षण गर्नपाउने वातावरण बनेको छ ।

गण्डकी प्रदेशको एकमात्र ‘क’ वर्गको ल्याब लाइफकेयर डाइग्नोस्टिक प्रालि (लाइफकेयर ल्याब) ले सेवाग्राहीको विश्वास जित्न सफल भएको छ । ल्याबले नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतको नेशनल पब्लिक हेल्थ ल्याब्रोटरी (एनपिएचएल) बाट मान्यता प्राप्त गरेको छ ।

परीक्षणका लागि के-कस्ता उपकरण छन् ?

परीक्षणको लागि हामीले अत्याधुनिक उपकरण तथा प्रविधिको प्रयोग गरिरहेका छौं । इटली, सिंगापुर, जर्मनी, भारत लगायतका देशमा बनेका अत्याधुनिक उपकरण तथा प्रविधि ल्याबमा प्रयोग गरिन्छ । बायोकेमेष्ट्री लगायतका टेष्ट छिटो तथा विश्वसनीय तरिकाले परीक्षण गर्नको लागि माइक्रो बायोलोजी अन्तर्गत कल्चरको लागि साउथ कोरियामा बनेको इन्क्युभेटर छ । बायोसेफ्टिक क्याविनेट पनि हामीसँग छ । पिइ ७१०० फुल्ली अटोमेटिक एनलाइजर, लायजन क्लिया इटलीको मेसिन, जर्मनीको सिमेन्ट क्लिया मेसिन लगायतका अत्याधुनिक उपकरण हामीसँग छन् ।

सेवा प्रवाहलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउनु भएको छ ?

हामीले २ वटा ब्लकबाट सेवा प्रदान गरिरहेका छौं । जनरल ब्लकमा बायोकेमेष्ट्री, हेमाटोलोजी, माइक्रोबायोलोजीका सेवा जनरल ब्लकबाट प्रदान गरिरहेका छौं । ब्लक बि बाट मलिकुर सर्भिस प्रदान गरिरहेका छौं । विषय विज्ञले यसमा काम गरिरहनुभएको छ । माइक्रो बायोलोजिष्ट सुरेश चौधरी, पिसिआर इन्चार्जमा पुरुषोत्तम सुवेदी हुनुहुन्छ । दक्ष जनशक्ति हामीसँग छ । सिंगापुरमा बनेको पिसिआर मेसिन छ । अटोमेटिक आरएन एक्सटेन्सन मेसिन पनि छ । अत्याधुनिक प्रविधियुक्त मेसिन भएकै कारण छिटो छरितो सुविधा दिन हामी सफल छौं ।

बायो केमेष्ट्रीमा सुरेश भण्डारी हुनुहुन्छ । बायोकेमेष्ट्रीमा मास्टर्स गर्नुभएको छ । हेमाटोलोजीमा डा. सुमन पौडेल हुनुहुन्छ । डा. सुमन पौडेल (प्याथोलोजिस्ट) ले लाइफ केयरमा क्यान्सर सम्बन्धी बायोप्सी, घाउ खटिरा, ब्रेस्ट र सर्भाइकल क्यान्सरको नमुना परीक्षण गर्नुहुन्छ । रगतमा गरिने सबै जाँचहरु जस्तै, थाइराइड, हर्मोन, भिटामिन डि, बि १२, क्यान्सर सम्बन्धी जाँच, सिइए, सिएवान २५, एएफपि, पिएसए लगायतका परीक्षण लाइफ केयरमा हुँदै आइरहेको छ । संक्रमण सम्बन्धी हेपाटाइटिस, एचआइभी, टिभी, इन्फ्ल्युएन्जा, डेङगु, मलेरियाको परीक्षण पनि हुन्छ । कोभिड १९ परीक्षण पनि हुन्छ । कोभिड १९ को एन्टी बडी परीक्षण पनि शुरु गरेका छौं । माइक्रो बायोलोजीमा सुशील कुमार चौधरी हुनुहन्छ ।

पिसिआर परीक्षण पनि गर्न सफल हुनुहुन्छ । कत्तिको प्रभावकारी बनेको छ यो सेवा ?

निजी क्षेत्रबाट गण्डकी प्रदेशमा पहिलो पटक पिसिआर परीक्षणको व्यवस्था पनि हामीले गर्न सफल भएका छौं । पिसिआर परीक्षण गर्ने यस क्षेत्रको एकमात्र ल्याब पनि लाइफ केयर हो । आवश्यकता अनुसार छिटोभन्दा छिटो पिसिआर रिपोर्ट उपलब्ध गराउछौं । पिसिआर परीक्षण सुरु भएपछि यस क्षेत्रका धेरै सेवाग्राही लाभान्वित भएको पाएका छौं । छिटो छरितो सेवा प्रदान गर्दै आइरहेका छौं । यहाँ गरेको परीक्षण रिपोर्टले विदेश जानका लागि पनि मान्यता पाउँछ ।

सामाजिक क्षेत्रमा कसरी काम गर्नुभएको छ ?

स्वास्थ्य क्षेत्र सेवामुलक व्यवसाय हो । सामाजिक उत्तरदायित्व वहन गर्दै आइरहेका छौं । समय समयमा निःशुल्क स्वास्थ परीक्षण शिविर संचालन गरिरहेका छौं । सम्वन्धित निकायबाट सिफारिस लिएर आएमा गरिब तथा विपन्न नागरिकलाई निःशुल्क सेवा प्रदान गर्छौ । विभिन्न समयमा छुट प्यकेज पनि ल्याउने गरेका छौं । दशैं तिहार अफरमा बिशेष छुट ल्याएका छौं । परीक्षणमा २० देखि ३० प्रतिशतसम्म छुट हुनेछ ।

बिरामी कहाँ कहाँबाट आउछन् ? बिरामीबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ?

पोखरा तथा आसपासका क्षेत्र, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लासहित अन्य क्षेत्रबाट समेत बिरामी तथा सेवाग्राही परीक्षणका लागि आउने गर्नुभएको छ । हामीले प्रदान गरेको सेवा तथा सुविधाबाट उहाँहरु सन्तुष्ट हुनुभएको छ । हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं जसले हामीलाई उर्जा थपेको छ ।

परीक्षण पछि रिपोर्ट कसरी प्राप्त गर्न सकिन्छ ?

बैकिङ क्षेत्रमा क्यासलेस आएजस्तौ मेडिकल सेक्टरमा पनि पेपरलेसको शुरुवात भएको छ । बिरामीले हातहातमा रिपोर्ट बोकेर हिड्नुपर्दैन । बिरामी आएर परीक्षण गरेपछि उहाँहरुको डकुमेन्ट सफ्टवयरमा इन्ट्री हुन्छ । टेष्ट गरिसकेपछि अटोमेटिक रुपमा रेकर्डमा रहन्छ र वेभसाइटमा जान्छ । वेवसाइट मार्फत सम्वन्धित बिरामी र डाक्टरले रिपोर्ट हेर्न सक्नुहुन्छ । हामीले हाम्रा सेवाग्राहीप्रति पूर्ण रुपमा जिम्मेवार बनेर सेवा प्रदान गरिरहेका छौं । आगामी दिनमा सेवालाई अझै बढी प्रभावकारी र थप व्यवस्थित गर्दै अगाडि बढ्नेछौं । यहाँको स्वस्थ प्रतिक्रियाको समेत अपेक्षा गरेका छौं ।

सम्बन्धित समाचार

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

इरानले बन्द गर्‍यो होर्मुज समुद्री जलमार्ग

काठमाडौं। इरानले होर्मुज समुद्री जलमार्ग बन्द गरेको छ। इरानले त्यहाँबाट पार गर्न खोज्ने कुनै पनि जहाजमाथि आक्रमण गरिने चेतावनी...

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

“भेडा बनेर ब्वाँसोको आहारा नबनौँ”

कुनै समय थियो, जब मानिसको परिचय उसको माटो, उसले फेर्ने हावा र उसले टेक्ने जमिनको कठोर यथार्थले निर्धारण गथ्र्यो...

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

नेपाली क्रिकेटले धेरै माया पाएको छ, निराशामा बदल्न दिनु हुँदैनः पारस खड्का

प्रश्नः इङ्ल्याण्डसँगको उत्कृष्ट प्रदर्शनपछि नै इटालीविरुद्ध फरक र निरासाजनक नतिजाबारे तपाईंको धारणा के छ? जवाफः हाम्रो क्रिकेटको इतिहास नै...

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी

काठमाडौँ। अध्ययनका लागि दक्षिण कोरिया जान चाहने नेपाली विद्यार्थीले सहज रुपमा कागजात प्रमाणीकरण (Document Verification)  र भिसा आवेदन  पाउँदा...