विपन्न दलित महिलालाई निःशुल्क बाख्रा वितरण
काठमाडौं । आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पुर्याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ ।
वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८र७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ ।
“वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उनले भने, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ । ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।”
यो प्रकृया निरन्तर चलाईने उनले बताए । बाख्रा वितरण कार्यक्रमको सुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’
काठमाडौँ। अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी ‘फिच रेटिङ्स’ ले नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्राप्त गरेको स्पष्ट बहुमतले मुलुकमा राजनीतिक...
स्पेनमा इन्धनको मूल्य वृद्धि
स्पेनका विभिन्न क्षेत्रका ग्यास स्टेशनहरूमा हालै इन्धनको मूल्य बढेको छ । विश्वव्यापी तेलको मूल्यमा आएको उतारचढाव र मध्यपूर्वमा बढेको...
नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न
कास्की। कास्कीको पोखरामा निर्माणाधीन अत्याधुनिक प्रविधिको सेती पुलको निर्माण कार्य हालसम्म ५७ प्रतिशत सम्पन्न भएको छ । मुग्लिङ–पोखरा सडक...
आवश्यक परे पानीजहाज नै भाडामा लिएर भएपनि नागरिकको उद्धार गर्न सरकार सक्षम रहेको स्पष्टोक्ति
काठमाडौँ। पश्चिम एशियामा पछिल्लो समय उत्पन्न सुरक्षा चुनौती र त्यहाँ रहेका नेपाली नागरिकको अवस्थालाई लिएर नेपाल सरकार र परराष्ट्र...




