Breaking News

अदालत जले पनि न्याय जलेको छैन ; प्रधानन्यायाधीश

बागलुङ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयमा आगलागी भए पनि नागरिकलाई दिने न्याय नजलेको बताउनुभयो ।

उच्च अदालत पोखरा बागलुङ इजालसको अत्याधुनिक भवनको आज यहाँ उद्घाटनपछि बोल्दै उहाँले न्यायालय ध्वस्त पार्ने काम हिंसात्मक रहेको भन्दै खरानी टक्टकाएर न्यायालय उठेको बताउनुभयो ।

प्रधानन्यायाधीश राउतले सर्वोच्च अदालतमा जलेका २० हजार मिसिलमध्ये १४ हजारभन्दा बढी मिसिल तयार भइसकेको बताउनुभयो । उहाँले ती मिसिल विद्वान वकिल, बार इकाई र सरकारी वकिलको कार्यालयबाट प्राप्त भइसकेकाले न्यायालय पुनः उठेको बताउनुभयो ।

नागरिकले न्यायालयप्रति विश्वास बढाउने काम सेवा प्रवाहबाट मात्रै देखिने भन्दै प्रधानन्यायाधीश राउतले  भवन मात्र सुविधासम्पन्न नभई सेवा प्रवाहमा सन्तुष्टि दिन आवश्यक रहेकामा जोड दिनुभयो ।

“जेनजी आन्दोलनपछि देश संवेदनशील अवस्थामा पुगेको भन्दै निर्मम समीक्षा गरेर सेवा प्रवाहमा गुणस्तर बढाउनुपर्ने देखिएको छ । हामीप्रतिको आवेग पनि निस्किएको, तर राज्यका तीन वटै अङ्ग जलाउने काम सुनियोजित हो, हामी उठेका छौँ”, उहाँले भन्नुभयो, “सर्वोच्च अदालत पुरानै अवस्थामा फर्कन थालेको छ, ढुक्क भएर नागरिकलाई सेवा प्रवाहमा खट्न न्यायाधीश र कर्मचारीलाई आग्रह गर्दछु । थप परिमार्जित भएर नागरिकमा गुणस्तरीय सेवा प्रवाहमा लाग्न आवश्यक छ ।”

भूकम्पले क्षति पुर्‍याएको अदालतको भवन विसं २०७९ मङ्सिर १५ गते ३० महिनाभित्र सक्नेगरी निर्माण थालिएको थियो । गत जेठमा सम्झौता मितिभित्रै सम्पन्न भएर उक्त भवनबाट साउनदेखि सेवा दिन थालेको छ ।

गत असार २० गतेसम्म सम्झौता मिति रहेको उक्त भवन जेठ अन्तिममा निर्माणसम्पन्न भएर साउनबाट सेवा दिन थालिएको उच्च अदालत पोखरा बागलुङ इजलासका मुख्य न्यायाधीश नातिबाबु लामिछानेले जानकारी दिनुभयो  ।

नयाँ भवनमा छवटा अत्याधुनिक इजलास कक्ष रहेका छन् । जसकारण एकसाथ छ मुद्दाको इजलास गर्न सकिने न्यायाधीश लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार अन्डरग्राउन्डसहित साढे छ तलाको उक्त भवनसँगै अथिति गृह, न्यायाधीश, रजिष्ट्रार, सुरक्षाकर्मी र कर्मचारी आवासका संरचना गरी तीन ब्लक निर्माण गरिएका छन् ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...