निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार
काठमाडौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका उम्मेदवारहरूको छुट्टै बैंक खाता खोल्ने व्यवस्था मिलाइदिन राष्ट्र बैंकलाई पत्राचार गरेको छ ।
निर्वाचनमा हुने खर्च पारदर्शी बनाउन आयोगले उम्मेदवारहरूको छुट्टै खाता खोल्ने व्यवस्था मिलाइदिन भनेको हो ।
निर्वाचन आयोग ऐन, ०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा छुट्टै खाता खोल्नुपर्ने र कारोबार गर्दा सोही खातामार्फत गर्नुपर्ने उल्लेख भएको बताइएको छ ।
त्यस्तै आयोगले उम्मेदवारको तर्फबाट खर्च गर्ने पदाधिकारी तोक्नुपर्ने र तीनको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने व्यवस्था भएको पनि उल्लेख गरेको छ।
आयोगले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग लिँदा वित्तीय संस्थामार्फत गर्नुपर्ने र नगद लिएमा रकम बुझेको रसिद वा भरपाइ पनि बुझाउनुपर्ने भनिएको छ ।
यस्तो छ राष्ट्रबैंकलाई आयोगको आग्रह
संवत् २०८२ साल फाल्गुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिताको दफा १६ मा उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैड्ङ्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली सोही खाताबाट गर्नुपर्ने, उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा निजको तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नु पर्ने र यसरी तोकिएका पदाधिकारीहरुको नाम-नामेसी सहितको विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनु पर्ने, राजनीतिक दलले पनि निर्वाचन सम्बन्धी खर्च गर्दा बैड्क वा वित्तीय संस्थामा छुट्टै खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीद्वारा सोही खाताबाट खर्च गर्नुपर्ने, पच्चिस हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैङ्क वा वित्तीय संस्थामार्फत् गर्नुपर्ने एवम् व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रुपमा नगद लिएमा सो रकम बुझेको रसिद वा भर्पाई दिई राजनीतिक दलका नाममा प्राप्त भएको भए दलको र उम्मेदवारका नाममा प्राप्त भएको भए उम्मेदवारको उपरोक्तानुसारको बैङ्क खातामा जम्मा गर्नुपर्ने लगायतका प्रावधानहरु रहेका र तिनको प्रभावकारी रुपमा कार्यान्वयन गराई आमनिर्वाचन स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी तुल्याउन राजनीतिक दल र ती दलहरुबाट पहिलो हुने निर्वाचित हुने र समानुपातिक दुवै प्रणाली तर्फका राजनीतिक दलका र स्वतन्त्र उम्मेदवारहरु समेतका लागि बैङ्किङ्ग कारोवार गर्ने इजाजत प्राप्त बैङ्क तथा वित्तीय संस्थाहरुमा आमनिर्वाचन सम्पन्न भई आयोगद्वारा निर्णय गरी बन्द गर्न नलगाउँदासम्म सञ्चालन हुने गरी यस आयोग मातहतका प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयहरुको सिफारिशमा निर्वाचन अभियानसंग सम्बन्धित आम्दानी खर्चका लागि प्रत्येक राजनीतिक दलका लागि अलग्गै एउटा र हरेक उम्मेदवारलाई एउटा एउटा बैंक खाता खोली सञ्चालन गर्ने व्यवस्था मिलाई दिन निर्वाचन आयाेगले नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेकाे छ।
ताजा अपडेट
-
१.
निर्वाचन निष्पक्ष गराउन प्रहरीले ल्यायो देशव्यापी विशेष सुरक्षा योजना कार्यान्वयनमा
-
२.
पैसा बाँडेको आरोपमा धनुषा ४ का स्वतन्त्र उम्मेदवार महरा पक्राउ
-
३.
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
-
४.
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
-
५.
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
ट्रेन्डिङ
सम्बन्धित समाचार
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...
खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह
काठमाडौँ । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र...




