Breaking News

नेकपासँग एकता गर्न एमालेलाई प्रचण्डको आग्रह

काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा (एमाले)लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गर्नुुभएको छ,

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आह्वान गर्नुभएको हो।

मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै संयोजक दाहालले त्यसका लागि सबै वामपन्थी, कम्युनिष्ट र लोकतान्त्रिक शक्तिहरुबीच एकता जरुरी रहेको बताउनुभयो।

उहाँले मुलुकलाई संकटबाट जोगाउनका लागि आफूहरूले पार्टीहरूबीचको एकता अभियानलाई तीव्रता दिएको समेत बनाउनुभयो।

संयोजक दाहालले मुलुकमा प्रतिक्रियावादीहरूको चलखेललाई रोक्न पनि सबै देशभक्तहरूले एकताबद्ध भएर अघि बढनुपर्ने अवस्था आएको बताउनुभयो।

सम्बन्धित समाचार

काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी

काठमाडौं ३ मा कुलमानको हार, राजु पाण्डे विजयी

काठमाडौं। काठमाडौं निर्वाचन क्षेत्र- ३ मा कुलमानलाई हराउँदै राजुनाथ पाण्डे विजयी हुनुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डे...

समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि

समानुपातिकतर्फ पनि रास्वपा धेरै मतले अगाडि

काठमाडौं। प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको नतिजामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लोभलाग्दो अग्रता लिएको छ। निर्वाचन आयोगको पछिल्लो विवरणअनुसार रास्वाले...

मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी

मनाङमा पनि कांग्रेसले खाता खोल्यो, टेकबहादुर गुरुङ फेरि विजयी

काठमाडौँ । प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङ विजयी भएका छन् । शुक्रबार साँझ सम्पन्न अन्तिम...

काठमाडौं ६ मा शिशिर खनाल विजयी

काठमाडौं ६ मा शिशिर खनाल विजयी

काठमाडौँ। काठमाडौँ निर्वाचन क्षेत्र नं. ६ मा रास्वपाका उम्मेदवार शिशिर खनाल पुन: निर्वाचित भएका छन्। खनाल २७ हजार ७१९...