इतिहास स्मरण गरेर सही बाटोमा अघि बढौँः सुनिता डंगोल
काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले इतिहासबाट सिकेर सही बाटोमा अघि बढ्नु आजको आवश्यकता भएको बताउनुभएको छ।
शनिवारबाट शुरु शुरु भएको शहीद सप्ताहको अवसरमा टेकुस्थित शुक्रराज शास्त्रीको शालिकमा माल्यार्पण गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ जिम्मेवारीवोध गर्ने दिन भएको बताउनुभयो।
उहाँले इतिहास पढ्न र पाठ्यक्रममा राख्नका लागि मात्र नभइ त्यसलाई मनन गरेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले इतिहासबाट सिकेर जनताका लागि काम गर्न जरुरी रहेको बताउनु भयो । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा इतिहासले सिकाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘शहीद सप्ताह कार्यक्रम गर्ने दिनका रुपमा मात्र नभइ हामीले जिम्मेवारवोध गर्ने दिनका रुपमा पनि लिनुपर्छ । इतिहास भनेको पढ्नका लागि मात्रै होइन, पाठ्यक्रममा राख्नका लागि मात्रै होइन । त्यसलाई मनन गर्नका लागि र इतिहासबाट धेरै कुराहरु सिक्नुपर्ने हुन्छ । इतिहास केबल कितावका पानामा मात्र राख्नका लागि होइन, स्मरण गर्न र जीवनमा उपयोग गरी सही बाटोमा अघि बढ्नका लागि हो । इतिहाससँगै जनताका लागि काम गर्नुपर्छ भन्ने दिनका रुपमा लिनुपर्छ । अन्यायप्रति सधैँ आवाज उठाउनुपर्छ र जनताप्रति सदैव कर्मठ हुनुपर्दछ भन्नेकुरा स्मरण गराउँछ ।’
उपप्रमुख डंगोलले शुक्रराज शास्त्रीले साहित्यमार्फत पनि समाजमा चेतना फैल्याउन मद्दत गर्नुभएको बताउनु भयो । प्रजातन्त्र ल्याउनमा शास्त्रीको योगदामा अविष्मरणीय रहेको बताउनु भयो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...
काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती
काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...




