अमेरिकाद्वारा पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीमा संलग्न डुङ्गामाथि आक्रमण, दुई जनाको मृत्यु
अमेरिकी सेनाले शुक्रवार पूर्वी प्रशान्त महासागरमा लागुऔषध तस्करीको आशंका गरिएको एउटा डुङ्गामाथि आक्रमण गरेको छ । जनवरी ३ मा भेनेजुएलामा गरिएको अमेरिकी छापापछिको यो यस प्रकारको पहिलो ज्ञात आक्रमण हो ।
अमेरिकी दक्षिणी कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएअनुसार पछिल्लो आक्रमणमा दुई जनाको मृत्यु भएको छ भने एक जना बाँच्न सफल भएका छन् । कमान्डले गुप्तचरी सूचनाले उक्त जलयान पूर्वी प्रशान्त क्षेत्रमा परिचित लागुऔषध ओसारपसार मार्ग हुँदै यात्रा गरिरहेको र लागुऔषध तस्करी गतिविधिमा संलग्न रहेको पुष्टि गरेको जनाएको छ ।
पेन्टागनले गत सेप्टेम्बरदेखि क्यारिबियन र पूर्वी प्रशान्त क्षेत्रमा लागुऔषध तस्करीमा संलग्न ३० भन्दा बढी डुङ्गाहरू डुबाइसकेको छ । जसमा ११० भन्दा बढी मानिसको मृत्यु भएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




