राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा ; ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको बताउनुभएको छ। शनिबार काठमाडौँस्थित पार्टी केन्द्रीय कार्यालयमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा स्वागत गर्दै अध्यक्ष ओलीले देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गर्नुभयो।
अध्यक्ष ओलीले देश जिताउनुपर्छ भन्ने सोचका साथ एमालेमा प्रवेश गर्ने सबैलाई पार्टीमा स्वागत रहेको उल्लेख गर्दै अग्रवाल देशभक्त पार्टीमा प्रवेश गर्नुभएको बताउनुभयो। ‘शान्ति, लोकतन्त्र, सुशासन र विकासको पक्षमा उभिएको पार्टीको पक्षमा उहाँ लाग्नुभएको छ,’ उहाँले भन्नुभयो।
नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको अध्यक्ष ओलीको भनाइ छ। उहाँले एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको उल्लेख गर्नुभयो।
नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गर्नुभयो। ‘आज हिँड्दै छु, कहाँ जाँदै छु थाहा छैन; भोलि कहाँ पुग्ने हो, थाहा छैन,’ उहाँले भन्नुभयो, ‘एमाले भने सुखी नेपाली, समृद्ध नेपालको लक्ष्य लिएर अघि बढिरहेको पार्टी हो।’
अध्यक्ष ओलीले एमाले समुन्नत, सुसंस्कृत र सभ्य समाज निर्माणका लागि निरन्तर काम गरिरहेको बताउनुभयो। राम्रो काम गर्दा विरोध र षड्यन्त्र स्वाभाविक रूपमा आउने उल्लेख गर्दै उहाँले धार्मिक–ऐतिहासिक सन्दर्भ प्रस्तुत गर्नुभयो। ‘त्रेतायुगमा भगवान् राम र द्वापरयुगमा पाण्डवहरू पनि वनवास पठाइएका थिए,’ उहाँले भन्नुभयो, ‘राम्रो काम गर्ने र असल मनसाय राख्नेहरूले दुःख भोग्नुपर्छ।’
एमाले प्रशंसाको पछि नभई सत्यको पछि हिँड्ने पार्टी भएको स्पष्ट पार्दै अध्यक्ष ओलीले देशको रक्षा र विकास नै पार्टीको मुख्य लक्ष्य रहेको बताउनुभयो। उहाँले अर्थतन्त्रको अवस्था र सरकारप्रतिको विश्वास शेयर बजारले प्रतिबिम्बित गर्ने उल्लेख गर्दै पुँजी बजारलाई राष्ट्रिय अर्थतन्त्रको महत्त्वपूर्ण सूचकका रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो।
अग्रवालसहित विभिन्न क्षेत्रका व्यक्तित्वहरूको एमाले प्रवेशलाई पार्टीले आर्थिक र राजनीतिक विश्वासको अभिव्यक्तिका रूपमा लिएको जनाएको छ।
ताजा अपडेट
-
१.
साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा
-
२.
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
-
३.
पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै
-
४.
सुकेधारामा गाडीमा आगजनी गरेको अभियोगमा २ पक्राउ
-
५.
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मध्यपूर्व तनाव : ग्यासको मूल्य ४५ प्रतिशतसम्म पुग्ने अुनमान
काठमाडौं। कतारको राज्यद्वारा सञ्चालित ऊर्जा कम्पनी कतार इनर्जीले आफ्ना दुई मुख्य ग्यास प्रशोधन केन्द्रहरूमा सुविधाहरूमा इरानले आक्रमण गरेपछि तरलीकृत...
पुल्चोकको दाउरा थकाली आगलागीबाट पूर्ण नष्ट, क्षतिको एकीन हुँदै
ललितपुर । पुल्चोकस्थित दाउरा थकाली रेष्टुरेन्टमा आगलागी हुँदा पूर्णतः क्षति भएको छ । रुफटप सहित रेष्टुरेन्टको दुई तला पूर्ण...
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...
पुलचोकको दाउरा थकालीमा आगलागी
काठमाडौं । पुल्चोकका दाउरा थकालीमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अहिले भर्खरै आगलागी...




