Breaking News

गगनको प्रस्टीकरण : हार्छु भनेर सर्लाही गएको होइन

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौं क्षेत्र नं. ४ मा आफू सहजै जित निकाल्ने अवस्थामा भए पनि मधेस झरेको बताउनुभएको छ। सर्लाही क्षेत्र नं. ४ मा युवाहरूसँग आयोजित छलफल कार्यक्रममा बोल्दै उहाँले काठमाडौं–४ मा आफ्नो प्रतिस्पर्धी नै नरहेको जिकिर गर्नुभयो।

सभापति थापाका अनुसार आफूले यसअघि तीन पटक चुनाव जितिसक्नुभएको थियो र काठमाडौं–४ मा उम्मेदवारी दिँदा सहज अवस्था थियो। ‘मेरो उम्मेदवारी काठमाडौं कि सर्लाही भन्ने विषयको टुङ्गो नलागेसम्म अन्य प्रतिस्पर्धी दलहरूले उम्मेदवार नै खोज्न सकेनन्,’ उहाँले भन्नुभयो, ‘मैले काठमाडौंमा नलड्ने निर्णय गरेपछि मात्रै नयाँ र पुराना दलबाट उम्मेदवारी दर्ता भयो।’

उहाँले आफू सर्लाही–४ मा उम्मेदवार बनेपछि काठमाडौंका मतदाता स्तब्ध बनेको दाबी गर्नुभयो। यस सन्दर्भमा उहाँले काठमाडौंका मतदातालाई चित्तबुझ्दो जवाफ दिन नसकेको स्वीकार गर्नुभयो।

‘मैले काठमाडौंका मतदातालाई पर्याप्त रूपमा चित्त बुझाउन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘तर म आफैँले जानेर, बुझेर नै सर्लाही–४ रोजेको हुँ। म अघिल्लो पटकदेखि नै मधेस झर्न चाहन्थेँ, यस पटक आँट गरेर आएको हुँ।’

कांग्रेसको सभापति भएपछि मधेशलाई जोड्नैपर्ने आवश्यकता रहेको उल्लेख गर्दै सभापति थापाले पार्टीको भविष्य मधेशसँग गाँसिएको धारणा व्यक्त गर्नुभयो। उहाँका अनुसार आफू मधेस नझरी कांग्रेस ठूलो पार्टी बन्न नसक्ने स्पष्ट बुझाइमा पुग्नुभएको छ।

सभापति थापाको यो भनाइलाई कांग्रेसको रणनीति र मधेस केन्द्रित राजनीतिक विस्तारसँग जोडेर हेरिएको छ।

सम्बन्धित समाचार

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...