Breaking News

काठमाडौंमा बालेन

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पूर्वी नेपालको अभियानकै बीचमा काठमाडौँ आउनुभएको छ । झापा निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार समेत रहेका उनी शनिबार काठमाडौँ आउनुभएको हो।

माघ ५ गते मधेस प्रदेशको राजधानी जनकपुरबाट अभियान सुरु गरेका शाह त्यसपछि झापा पुग्नुभएको थियो। झापामा माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गराएपछि उहाँ प्रदेशका पहाडी जिल्लाको भ्रमणमा निस्किनुभएको थियो।

भ्रमणका क्रममा शाहले इलाम, पाँचथर, तेह्रथुम, ताप्लेजुङ, संखुवासभा र धनकुटाका मतदातासँग प्रत्यक्ष भेटघाट गर्नुभएको थियो।

कोशी प्रदेशमा रहँदा उनले औपचारिक सभा वा भाषण नगरी जनतासँग सीधा संवादमा जोड दिनुभएको थियो।

केही दिनमा उनी फेरि चुनावी अभियानमै निस्कनुहुनेछ। उहाँलाई फागुन २१ को निर्वाचनमा रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारिएको छ।

सम्बन्धित समाचार

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...