एकैदिन तोलामा १ हजार ६ सयले घट्यो सुनको मूल्य

काठमाडौं  । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रहेको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा एकैदिन १ हजार ६सय रुपैयाले घटेको छ ।

आज तोलामा १६ सय रुपैयाँले घटेसँगै छापावाला सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

मंगलबार छापावाल सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुनको मूल्य तोलाको ९५ हजार ५ सय रुपैयाँमा कारोबार तोकिएको महासंघले जनाएको छ ।

मंगलबार तेजाबी सुनको मूल्य तोलाको ९७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, बुधबार चाँदीको मूल्य पनि तोलामा रु ३० रुपैयाँ घटेको छ ।

आज तोलामा ३० रुपैयाँ घटेसँगै चाँदी  तोलाको ११ सय ७५ रुपैयाँमा कारोबार तोकिएको महासंघले जानकारी दिएको छ । हिजो चाँदी तोलाको १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

You might also like
Comments
Loading...