उत्तर–पश्चिम पाकिस्तानमा वैवाहिक समारोहमा आत्मघाती विष्फोट, ५ जनाको मृत्यु
पाकिस्तानको उत्तर–पश्चिम खैबर पख्तुनख्वा प्रान्तको डेरा इस्माइल खान जिल्लामा एक वैवाहिक समारोहमा भएको आत्मघाती विष्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी अधिकारी सज्जाद अहमद साहिबजादाकाअनुसार जिल्लाको कुरेशी मोर क्षेत्रमा रहेको एक घरमा विवाहको अवसरमा सांगीतिक कार्यक्रम भइरहेका बेला आत्मघाती आक्रमणकारीले विस्फोटक पदार्थले भरिएको ज्याकेट विष्फोट गराएका थिए ।
विष्फोटमा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्नसक्ने अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् । यस भीषण आक्रमणको जिम्मेवारी अहिलेसम्म कुनै पनि समूहले लिएको छैन । सुरक्षाकर्मीहरूले घटनास्थललाई घेरा हाली अनुसन्धान शुरु गरेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




