इण्डोनेसियाको पश्चिम जाभामा भीषण पहिरो र बाढीः ७ जनाको मृत्यु, सयौँ बेपत्ता
इण्डोनेसियाको पश्चिम जाभा प्रान्तस्थित पश्चिम बाण्डुङ रिजेन्सीको सिसारुआ उप–जिल्लामा शनिवार बिहान गएको विनाशकारी पहिरो र आकस्मिक बाढीमा परी कम्तीमा सात जनाको ज्यान गएको छ । स्थानीय सञ्चारमाध्यमहरूकाअनुसार स्थानीय समयअनुसार शनिवार बिहान ३ः०० बजेतिर उक्त घटना घटेको हो ।
स्थानीय बासिन्दाहरूले एक्कासि ठूलो आवाज आएको र त्यसलगत्तै पाकिरकुनिङ गाउँबाट शुरु भएको पहिरो तथा हिलोको लेदोले पासिर कुडा गाउँलाई पुरेको जानकारी दिएका छन् । प्रहरीको प्रारम्भिक तथ्याङ्कअनुसार शनिवार मध्याह्न १२ः०० बजेसम्म सात जनाको शव फेला पारिएको छ भने सयौँ मानिसहरू अझै हराइरहेका वा पुरिएको हुनसक्ने आशंका गरिएको छ । पहिरोका कारण दर्जनौँ घरहरू पूर्णरूपमा पुरिएका छन् र ठूलो भौतिक क्षति भएको छ ।
हाल संयुक्त खोज तथा उद्धार टोलीहरूले घटनास्थलमा खोजी कार्य जारी राखेका छन् । यद्यपि, कठिन भू–बनोट, बाक्लो लेदो र थप वर्षाको सम्भावनाका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । स्थानीय प्रशासनले माटोको अवस्था अस्थिर रहेको भन्दै थप विपद् आउनसक्ने जोखिमलाई ध्यानमा राखी स्थानीयलाई बतर्क रहन र पहिरो प्रभावित क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




