कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान शुरु
काठमाडौँ। राष्ट्रिय सभाका रिक्त हुन लागेका सदस्य पदहरूका लागि सातै प्रदेशमा मतदान शुरु भएको छ । कोशी प्रदेशमा पनि बिहान ९ बजेदेखि मतदान प्रक्रिया शुरु भएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । राष्ट्रिय सभामा आगामी फागुन २० गतेदेखि रिक्त हुने १८ पदमध्ये कोशी प्रदेशको खस आर्य समूहअन्तर्गत एक पदमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।
बाँकी दुई पद (महिला र दलित समूह) का लागि कोशी प्रदेशमा मतदान भइरहेको छ । कोशी प्रदेशको मतदान स्थल प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर (मोरङ) मा तोकिएको छ । मतदान बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म चल्नेछ । मतदानमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी छन् । देशभर १७ पदका लागि ४४ जना उम्मेदवारहरू प्रतिष्पर्धामा छन् । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
२४ घण्टामा भएको विपद्बाट तीन जनाको मृत्यु
-
३.
खोटाङमा हेलिकप्टर दुर्घटना
-
४.
सरकारले गणतन्त्र, संविधान र संघीयता जोगाउँदै देश बनाउने काममा उपयोग गर्न सक्नुपर्छ : रामवरण यादव
-
५.
आज घोडेजात्रा, काठमाडौँ उपत्यकामा बिदा
सिफारिस
सबैसम्बन्धित समाचार
आन्द्राको क्यान्सरबाट साँगुरीगढी–३ का वडाध्यक्ष लिम्बूको निधन
हिले। धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको आन्द्राको क्यान्सरको उपचारका क्रममा भारतको नयाँ दिल्लीस्थित अस्पतालमा निधन भएको छ।...
बाढीले फेमे खोलाको डाइभर्सन बगायो, यातायात अवरुद्ध
फिदिम । चार महिनापछि परेको वर्षासँगै आएको बाढीले पाँचथरस्थित फेमे खोलामा बनाइएको डाइभर्सन बगाएको छ। डाइभर्सन बगेसँगै सदरमुकाम फिदिम...
इलाम केन्द्रबिन्दु बनाएर भूकम्प
काठमाडौं। इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका...
गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु
काठमाडौँ। झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने अन्य ११ जना घाइते भएका छन्। सोमबार...




