कांग्रेस नेता शर्माको अपिलः मलाई ७० हजार मत दिएर जिताउनुस्
काठमाडौँ। नेपाली काँग्रेसका नेता एवं मोरङ क्षेत्र नम्बर ३ का उम्मेदवार डा. सुनिल शर्माले आफूलाई ७० हजार मत दिएर जिताउन मतदाताहरुसँग आग्रह गर्नुभएको छ ।
आफूलाई मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का जनताले यसअघि पनि तेस्रो सबैभन्दा बढी मत दिएको स्मरण गर्दै आगामी निर्वाचनमा सबैभन्दा बढी मत पाउनेमा विश्वस्त रहेको बताउनुभयो। उहाँले सबैभन्दा बढी मत पाएसँगै संसदमा बोलिने आवाज बुलन्द हुने र त्यो आवाज देश तथा विदेशमा पनि महत्वका साथ हेरिने उहाँको भनाइ छ।
नयाँ राजनीतिक दलहरुसप्रति लक्षित गर्दै उहाँले अहिले एक किसिमको कोरोना भाइरस नै रहेकाले यस्तो समयमा पनि सबैभन्दा बढी मतका साथ विजयी हुनुले महत्वपूर्ण अर्थ राख्ने जिकिर गर्नुभयो। ७० हजार मत ल्याएर निर्वाचित भएको सांसदले उठाएका आवाजहरुले जनताको नीति निर्माणमा धेरै सहजता ल्याउने बताउनुभयो।
उहाँले भन्नुभयो, ‘यो क्षेत्रका जनताले मलाई ७० हजार बढी मतले तपाईंहरुले जिताएर पठाइदिनुस् । यस्तो हावाहुण्डरीमा नेपालको सबैभन्दा बढी मत लिएर गएको सांसदको महत्व छुट्टै हुन्छ। यो पनि कोरोना नै हो। यो हुण्डरीमा माटो कोरोना, घण्टी कोरोना, को नि के कोरोना। हाम्रा नेताहरुको लुटपाट भएको कोरोना । कोरोनै महामारी छ नि त अहिले। यो महामारीमा पनि सबैभन्दा बढी मतका साथ विजयी गराउनु भयो भने त्यसको महत्व छुट्टै हुन्छ। ७० हजार बढी मत दिनुभयो भने त्यो सबैभन्दा धेरै हुन्छ। मैले रोष्ट्रममा उभिएर बोल्दा यो देशलाई थुरुरु पार्न सकिन्छ। कानूनहरु जनताका लागि परिवर्तन गर्न सकिन्छ। क्षेत्र नम्बर ३ को आवाज ठूलो हुन्छ। त्यसले नीति निर्माणमा महत्वपूर्ण हुन्छ ।’
नेता शर्माले नेपाललाई शान्तिको देश बनाउन जरुरी रहेको बताउनुभयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल
-
२.
जनकपुरबाट अयोध्या सिधा उडान भर्ने तयारी, रामायण सर्किट जोड्न पहल गरिने
-
३.
४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
-
४.
९ अर्ब ३५ करोड रूपैयाँ लगानी गर्दै राष्ट्र बैंक
-
५.
विदेशबाट फर्केकै दिन आक्रमण, हात–खुट्टा काटिए
ट्रेन्डिङ
-
१.
बानेश्वरमा नेपाली स्वादको तुफानी पीजा
-
२.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
३.
सरकारी निर्माण कम्पनी खारेज गर्नुपर्छः अध्यक्ष सिंह
-
४.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
५.
मनमोहन अस्पतालमा एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
सम्बन्धित समाचार
ठूलो धनराशी खर्च गरेर निर्वाचन जित्ने प्रतिनिधिहरूको पहिलो प्राथमिकता खर्च असुली हुन्छः भोजराज पोखरेल
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचनमा हुने अत्याधिक खर्चले भ्रष्टाचारलाई प्रश्रय दिइरहेको बताउनुभएको छ । सोमवार निर्वाचन आयोगले...
४ खर्ब ८ अर्बका मालवस्तुमा ५३ अर्ब कर छुट
काठमाडौँ। चालु आर्थिक वर्ष (आव २०८२/८३) को ६ महिनामा सरकारले करिव ५३ अर्ब बरारबार भन्सार महशुलमा कर छुट दिएको...
काठमाडौँ ५ मा प्रमुख दलका नेताकै बढी चर्चा
काठमाडौँ। आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते...
गाजामा इजरायली आक्रमणमा ११ प्यालेस्टिनीको मृत्यु
गाजा पट्टीका विभिन्न स्थानमा इजरायलले गरेको हवाई आक्रमणमा आईतवार ११ जनाको ज्यान गएको छ । नागरिक रक्षा निकायकाअनुसार उत्तरी...




