अर्थ

माघ १४ देखि भृकुटीमण्डपमा काठमाडौं महोत्सव आयोजना हुने

काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा ‘काठमाडौं महोत्सव २०८२’ एवं ‘काठमाडौं बिजनेस एक्स्पो–२०२६’ आयोजना हुने भएको छ ।

काठमाडौं महानगरपालिकाको सहकार्य तथा राइजिङ नेपाल प्रालिको सह–आयोजनामा यही माघ १४ देखि १७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुन लागेको महोत्सवमा स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो।

महोत्सवले काठमाडौं उपत्यकाको आर्थिक, सांस्कृतिक तथा पर्यटकीय पहिचानलाई थप सुदृढ बनाउने आयोजकको विश्वास छ। आयोजकका अनुसार महोत्सवमा दुईसय भन्दा बढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक स्टलहरू रहनेछन् । स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनीसँगै रैथाने खानाको प्रतियोगिता, फुड फेस्टिभल, कन्सर्ट, लाइभ म्युजिक, कला–संस्कृतिका विविध प्रस्तुति, विषयगत झाँकी, पर्यटन प्रवद्र्धन कार्यक्रम, फोटोग्राफी स्पट, स्वास्थ्य शिविरलगायत बहुआयामिक गतिविधिहरू सञ्चालन गरिनेछ । महोत्सवमा १ लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ ।

महोत्सवले घरेलु तथा साना उद्योग, स्टार्टअप र नयाँ उद्यमीहरूलाई बजार पहुँच, व्यावसायिक नेटवर्किङ तथा व्यवसायिक दृश्यता प्रदान गर्ने लक्ष्य लिएको छ । साथै स्थानीय उत्पादनको बजार विस्तार, लगानी तथा व्यापारिक अवसर सिर्जना, रोजगारी प्रवद्र्धन तथा समग्र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । काठमाडौं महानगरपालिकाको ‘एक वडा एक नमुना उत्पादन’ अवधारणालाई सहकार्य गर्दै बजार प्रवद्र्धनमा विशेष जोड दिइने आयोजकले जनाएको छ ।

महोत्सवमा कपडा तथा पहिरन, अटोमोबाइल, इलेक्ट्रोनिक्स तथा होम एप्लायन्स, हस्तकला, कृषि उत्पादन तथा मेसिनरी, फर्निचर, फुड एण्ड बेभरेज, सूचना प्रविधि, ट्राभल तथा टुर सेवा, रियल स्टेट, हर्बल तथा अर्गानिक उत्पादन, बैंक तथा वित्तीय संस्था, बीमा, स्वास्थ्य, सौन्दर्य, निर्यात–आयात तथा जिल्लागत विशेष उत्पादन प्रदर्शकहरूको सहभागिता रहनेछ । यस महोत्सवमा सर्वसाधारण, व्यवसायी, उद्यमी, युवा तथा स्टार्टअप उद्यमी, विद्यार्थी, पर्यटक, फुड लभर्स, अन्तर्राष्ट्रिय पाहुना, आयात–निर्यात व्यवसायी, रिटेलर तथा कला–संस्कृति पारखीहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा आयोजकको रहेको छ ।

आयोजकका अनुसार महोत्सवलाई सफल बनाउन विभिन्न शीर्षकमा प्रायोजन तथा सहकार्य गरिएको छ। आइडिया फर वल्र्डले मुख्य प्रायोजकको रूपमा, एईसीसी ग्लोबलले प्रस्तुतकर्ता प्रायोजकको रूपमा तथा सवारी नेपाल लिमिटेडले ‘पावर्ड बाइ’ प्रायोजकको रूपमा सहकार्य गरेका छन्। त्यसैगरी कजारिया, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, फेसियल हाउस र श्रीनाथ कलेक्सनले सह–प्रायोजकको रूपमा साथ दिएका छन् ।

त्यस्तै अग्नि एक्सिम प्रा.लि.ले निर्यात–आयात साझेदार, एनएमबी बैंक लिमिटेडले बैंकिङ साझेदार, नेको इन्स्योरेन्स लिमिटेडले बीमा साझेदार तथा भरोसा सर्भिसेस प्रा.लि.ले सरसफाइ साझेदारको भूमिका निर्वाह गरेका छन् ।

यसका साथै बागमती प्रदेश, नेपाल पर्यटन बोर्ड, नेपाल बितरक संघ, ट्रेड एक्सपोर्ट एण्ड प्रमोशन सेन्टर, ललितपुर उद्योग वाणिज्य संघ, हस्तकला महासंघ लगायत विभिन्न संघ–संस्थाको सहकार्य तथा समर्थन रहेको छ । महोत्सवको दिन माघ १४ गते बिहान ९ बजे कुमारी घरमा पूजाआजा गरी बिहान ९ः३० बजे बसन्तपुरदेखि भृकुटीमण्डपसम्म प्रचारात्मक र्याली तथा बिहान ११ बजे भृकुटीमण्डपमा औपचारिक उद्घाटन समारोह आयोजना गरिने आयोजकले जनाएको छ।

सम्बन्धित समाचार

सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धी नियमावली संशोधन गरेको छः मन्त्री चौलागाईं

सरकारले प्रगतिशील सुधार हुनेगरी वनसम्बन्धी नियमावली संशोधन गरेको छः मन्त्री चौलागाईं

काठमाडौँ। वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले सरकारले वन सम्बन्धि देखिएको समस्या समाधान हुने गरी वन नियमावली संशोधन गरेको दाबी...

आज पनि घट्यो सुन

आज पनि घट्यो सुन

काठमाडौं। बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा चार हजार...

कति छ मुद्राको मूल्य?

कति छ मुद्राको मूल्य?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी...

अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन

अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन

काठमाडौँ। आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्न...