चीनसँग व्यापार सम्झौता अघि बढाए क्यानडामाथि कडा कर लगाउने ट्रम्पको चेतावनी
न्यूयोर्क। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग व्यापार सम्झौता अघि बढाए क्यानडामाथि कडा कर लगाउने चेतावनी दिएका छन्।
सामाजिक सञ्जालमार्फत ट्रम्पले क्यानडाले चीनबाट आउने सामान अमेरिकामा पठाउने केन्द्र बन्न खोजे त्यसलाई स्वीकार नहुने बताएका छन्। यद्यपि क्यानडाले एक साताअघि नै चीनसँग नयाँ व्यापार सम्झौता गरिसकेको छ।
यसको जवाफमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नेले स्वदेशी सामान प्रयोग गर्न क्यानडेलीहरूलाई आह्वान गरेका छन्। विदेशी दबाबबीच क्यानडाले आफूले नियन्त्रण गर्न सक्ने कुरामा केन्द्रित हुनुपर्ने उनको भनाइ छ।
ट्रम्प दोस्रो कार्यकालमा आएपछि क्यानडामाथि भन्सार शुल्क बढाएपछि क्यानडाले व्यापार विविधीकरणको बाटो रोज्दै चीनसँग सम्बन्ध सुधार गरेको हो। नयाँ सम्झौताअनुसार दुवै देशले एक–अर्काका वस्तुमा कर घटाएका छन्।
डाभोसमा ट्रम्प र कार्नेबीच चलेको जुहारीपछि ट्रम्प अझ आक्रामक बनेका छन्। उनले कार्नेलाई ‘गभर्नर’ भनेर सम्बोधन गर्दै क्यानडाको सार्वभौमसत्तामाथि प्रश्न उठाएका छन्।
विश्लेषकहरू भन्छन् ट्रम्पको दबाबबीच कार्ने अमेरिका सामना गर्न सक्ने नेताका रूपमा उदाइरहेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




