अर्थ

राष्ट्रिय सहकारी बैंकले मनायो २०औं वार्षिक उत्सव

काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेड स्थापनाको २०औं वर्ष प्रवेश गरेको छ ।

सहकारीले २०औं स्थापना दिवसको अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै बैंकका परिकल्पनाकारहरु, संस्थापक, सदस्यहरु, सेयरसदस्यहरु, सम्पूर्ण सरोकारवाला निकाय तथा शुभेच्छुक एवं शुभचिन्तकहरुमा धन्यवाद तथा आभार व्यक्त गरेको छ। बैंकले आगामी दिनमा पनि निरन्तर सल्लाह, सुझाव एवं साथको अपेक्षा गरेको छ ।

बैंकको अध्यक्षमा केवि उप्रेती र प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा बद्री गुरागाईं छन् । सहकारीमा देशभर बैंकका ६८ वटा शाखा छन् । ३८ जिल्लामा शाखा विस्तार गरिसकेको बैंकमा करिब ५ सय जना कर्मचारी आबद्ध छन् ।

बैंकमा देशभर रहेका करिब १५ हजार प्रारम्भिक सहकारी संस्थाहरु आबद्ध छन् । सहकारीको शेयर पुँजी करिब ३ अर्ब रुपैयाँ छ । निक्षेप करिब ४३ अर्ब रुपैयाँ र कर्जा लगानी करिब ३७ अर्ब रुपैयाँ छ । कारोबार ५२ अर्ब रुपैयाँ र ३ अर्ब रुपैयाँका विभिन्न कोषहरु छन् ।

सम्बन्धित समाचार

बढ्यो नेप्से

बढ्यो नेप्से

काठमाडौँ। शेयर बजारमा मंगलबार साढे ७ महिनायताकै अधिक कारोबार भएको छ। २१ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको हो।...

झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

झन्डै दुई तिहाई बहुमत नजिकको सरकारको आर्थिक नीति कस्तो होला ?

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झन्डै दुई तिहाई नजिकको बहुमत प्राप्त गरेको छ । बालेन्द्र शाह...

कति छ डलरको भाउ?

कति छ डलरको भाउ?

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को...

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

४ मध्ये २ यातायात व्यवसायीले प्रतिनिधि सभा निर्वाचन जिते

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचनमा होमिएका यातायात व्यवसायीमध्ये २ जनाले मात्रै जित हाँसिल गरेका छन्। प्रत्यक्ष निर्वाचन प्रणालीमा होमिएका ४...