अर्थ

आधारभूत बहुउद्देश्यीय सहकारी छैटौँ वर्षमा, गर्‍यो सदस्य भेटघाट कार्यक्रम

काठमाडौं । आधारभूत बहुउद्देश्यीय सहकारी संस्था लि।ले आफ्नो छैटौँ स्थापना दिवसको अवसरमा सदस्य भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

काठमाडौंको न्युरोडस्थित मारबाडी सेवा समितिको हलमा शनिबार आयोजित तरलता अभाव र व्यवस्थापनमा चुनौती विषयक अन्तरक्रियामा बोल्दै सहकारीका अध्यक्ष खड्ग देवकोटाले सहकारीको विषयमा भ्रमहरु फैलाइएको भन्दै भ्रमको पछि नलाग्न सम्पूर्ण सेयर सदस्यहरुलाई अनुरोध गरे ।

काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष एवं राष्ट्रिय सहकारी बैंकका सञ्चालक ज्ञानबहादुर तामाङले हरेक ठाउँमा चुनौतीको सामना गर्नुपर्ने बताएका छन् । उनले त्यस्ता चुनौतीलाई वुद्धिमानी पूर्वक समाधान गर्नुपर्ने तर भाग्न भने नहुने बताए ।

सहकारी महासंघका लेखा समिति संयोजक धर्मदत्त देवकोटाले तरलताको अवस्थमा धेरै चुनौती हुने हुँदा त्यस्तो समयमा सबैले समाधान गर्न सहयोग गर्नुपर्ने बताए । साथै उनले सहकारी विश्वासले चल्ने संस्था भएकाले लगानी गर्दा विश्वास गर्न सक्नुपर्ने बताए । आधारभूत सहकारीलाई समय समयमा अनुगमन भइरहेको र संस्थागत सुशासन पनि राम्रो रहेको पाइएको उनले बताए । राष्ट्रिय सहकारी बैंकका शाखा प्रवन्धक केदारनाथ उप्रेतीले नेपालको वित्तीय क्षेत्रमा सहकारीहरुको योगदान महत्वपूर्ण रहेको बताए ।

काठमाडौंको इन्द्रचोकमा मुख्य कार्यालय रहेको सहकारी वि।सं। २०७४ असार २५ गते स्थापना भएको थियो । सहकारीमा हाल करिब ३ हजार जना सेयर सदस्य आवद्ध छन् भने, सेयर पुँजी करिब ४ करोड रुपैयाँ छ। हाल सहकारीको कारोबार ४५ करोड रुपैयाँ बराबर रहेको अध्यक्ष देवकोटाले बताए ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...