Breaking News

यी हुन् राष्ट्रिय सभामा निर्वाचित भएका कांग्रेस, एमाले र जसपा नेपालका सांसद

काठमाडौं। राष्ट्रिय सभा सदस्यका लागि आइतबार भएको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार निर्वाचित हुनुभएको छ।

निर्वाचन आयोगले सातै प्रदेशमा भएको निर्वाचन परिणाम सार्वजनिक गरेको छ। जसमा तीन पार्टीको गठबन्धनबाट चुनाव लडेका उम्मेदवार निर्वाचित हुनुभएको हो।

कोशी प्रदेशबाट एमालेकी रोश्नी मेचे र सोमनाथ पोर्तेल तथा कांग्रेसका सुनिलबहादुर थापा निर्वाचित हुनुभएको हो। त्यस्तै, मधेस प्रदेशबाट एमालेकी रेखाकुमारी झा, कांग्रेसका धर्मेन्द्र पासवान र रन्जित कर्ण तथा जसपा नेपालको तर्फबाट लोकतान्त्रिक समाजवादीका महन्थ ठाकुर निर्वाचित हुनुभएको छ। जसपा र लोसपाबीच एकीकरण भएपछि ठाकुर उम्मेदवार हुनुभएको छ।

बागमती प्रदेशबाट कांग्रेसकी गीता देवकोटा र एमालेका प्रेमप्रसाद दंगाल निर्वाचित हुनुभएको छ। यस्तै, एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना गण्डकी प्रदेशबाट राष्ट्रिय सभा सदस्य बन्नुभएको छ।

लुम्बिनीबाट कांग्रेसका वासुदेव घिमिरे र चन्द्रबहादुर केसी तथा कर्णालीबाट एमालेकी मीनासिंह रखाल र कांग्रेसका ललितजंग शाही निर्वाचित हुनुभएको छ। सुदूरपश्चिम प्रदेशबाट एमालेकी लिलाकुमारी भण्डारी र कांग्रेसका खम्मबहादुर खाती राष्ट्रिय सभा सदस्य बन्नुभएको छ।

आगामी फागुन ११ बाट रिक्त हुने राष्ट्रिय सभाका १९ मध्ये १८ सांसदका लागि निर्वाचन भएको हो। एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछन्।

सम्बन्धित समाचार

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन

काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...

कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए

कम्बोडियामा अलपत्र १६ नेपाली नेपाल फर्काइए

काठमाडौँ। कम्बोडियामा अलपत्र परेका १६ जना नेपाली आज स्वदेश फर्काइएका छन्। अनलाइन स्क्यामिङ र क्यासिनो अनलाइन ठगी लगायतका काममा...