संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा
काठमाडौँ। निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ । आईतवार आयोगको कार्यालयमा एक कार्यक्रमबीच कार्यवाहक प्रमुख निर्वाचनआयुक्त रामप्रसाद भण्डारीले केन्द्रको शुभारम्भ गर्नुभयो ।
केन्द्रको शुभारम्भ गर्दै उहाँले निर्वाचनका क्रममा कुनैपनि निर्वाचन क्षेत्रमा देखिनसक्ने समस्या तत्काल पहिचान गरी समाधान गर्नेगरी सक्रिय रूपमा काम गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको बताउनु भयो ।
उहाँकाअनुसार निर्वाचन क्षेत्रमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मीले समस्या नआउने सुनिश्चितताका लागि निरन्तर निगरानी गर्दागर्दैै पनि स्थानीय स्तरमै समाधान हुन नसक्ने समस्या आएमा संयुक्त निर्वाचन सञ्चालन केन्द्रले सबै पक्षसँग समन्वय र सहकार्य गरी समस्याको समाधान गर्नेछ ।
उहाँले भन्नुभयो, ‘यस केन्द्रले कुनैपनि निर्वाचन क्षेत्रमा कुनैपनि समस्या आयो भने तत्काल परिक्षण गरेर समाधान गर्ने कार्यमा एकदमै दत्तचित्त भएर लाग्छ । यद्यपि कुनैपनि समस्याहरु आउन नदिन हाम्रा निर्वाचन क्षेत्रमा खटिएका अधिकारी एवं सुरक्षाकर्मीहरुले लाग्नुहुन्छ । यदि समस्या आइहाल्यो भने पनि उतै समाधान गर्नुहुन्छ । यदि त्यहाँबाट समाधान गर्न नसकिने प्रकृतिका कुनै समस्याहरु आए भने यस केन्द्रले तुरुन्तै समाधान गर्छ ।’
केन्द्रमार्फत निर्वाचन अवधिभर उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीको मूल्यांकन, जनशक्ति तथा स्रोतसाधनको परिचालन, सूचनाको आदानप्रदान र समन्वयात्मक निर्णय प्रक्रिया सञ्चालन उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
इलेक्ट्रिोनिक्स पसलमा आगलागी हुँदा तीन करोडभन्दा बढीको क्षति
-
२.
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
-
३.
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
-
४.
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
-
५.
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
बढ्यो सेयर बजार
सम्बन्धित समाचार
सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने
काठमाडौं। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने भएको...
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कानुनी प्रक्रियाको पालना गर्दै गतिविधि अघि बढाउन सरकारलाई खबरदारी गरेको छ । काठमाडौं। नेकपा...
देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने
काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी...
भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस
काठमाडौं। नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न...




