गण्डकी मुख्यमन्त्री पोखरेल र अष्ट्रेलियन राजदूतबीच भेटवार्ता
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपालका लागि अष्ट्रेलियाका राजदूत फ्यालिसिटी भोल्क बीच भेटवार्ता भएको छ । सोमबार भएको सो भेटमा मुख्यमन्त्री पोखरेलले नेपाल र अस्टे«लिया बीचको सम्बन्ध अझ सुदृढ हुँदै जाओस् भन्ने चाहना व्यक्त गरे ।
गण्डकी प्रदेशको विकासमा विशेष गरी शिक्षा, स्वास्थ्य, ऊर्जा, पर्यटन, प्रविधि प्रवद्र्धनमा अष्ट्रेलियाको सहयोग आफूहरूका लागि अपेक्षित रहेको उनको भनाइ थियो ।
नेपाल र अस्ट्रेलियाबीचको कूटनीतिकसम्बन्ध सन् १९६० मा स्थापना भए पश्चात् दुई देशबीचको सम्बन्ध अत्यन्त सौहार्दपूर्ण रहँदै आएको मुख्यमन्त्री पोखरेलले बताए । दुबै देशको शिक्षा र पर्यटन क्षेत्रको संलग्नताले गर्दा आपसी सम्बन्ध जनस्तरसम्म फैलिएको उनले उल्लेख गरे । अष्ट्रेलियन डेभलपमेन्ट कोअपरेसन कार्यक्रममा १९७९ मा नेपाललाई समावेश गराइएपछि आपसी सहयोग अझ बढेको उनले स्मरण गरे । अस्ट्रेलियन सरकार र निजी क्षेत्रले शिक्षा, स्वास्थ्य, वन वातावरण, प्रविधि, मानव विकास, ग्रामीण विकास, शान्ति निर्माण प्रक्रियामा महत्वपूर्ण सहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले सो कार्यको प्रशंसा गरे ।
नेपालले कपडा, कार्पेट, पेन्टिङ आदि अस्ट्रेलिया निर्यात गर्दै आएको छ भने नेपालले प्रशोधित तेल, तरकारी आदिको आयात गर्ने गर्दछ । अष्ट्रेलिया नेपालीका लागि प्यारो घरजस्तो भएको उल्लेख गर्दै मुख्यमन्त्रीले ठूलो संख्यामा नेपाली विद्यार्थी अष्ट्रेलियामा गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गएको उल्लेख गरे ।
नेपाली विद्यार्थी र अष्ट्रेलियामा बसोबास गर्ने नेपालीप्रति अस्टे«लियामा देखाइएको सहयोगका लागि मुख्यमन्त्रीले आभार व्यक्त गरे । प्रदेश सरकारले स्थापना गरेको गण्डकी विश्वविद्यालय र अस्ट्रेलियाका शैक्षिक संस्थाबीच सहकार्यका लागिसमेत मुख्यमन्त्री पोखरेलले चासो व्यक्त गरे ।
राजदूत भोल्कले अस्ट्रेलिया सरकारले नेपालमा लामो समयदेखि शासकीय सुधारका क्षेत्रमा काम गर्दै आएको बताउँदै अहिले पनि संघीयता सुदृढीकरणमा आर्थिक र प्राविधिक सहयोग गरिरहेको जानकारी गराए । राजदूत भोल्कले सोमबार नै पोखराको हरियोखर्कस्थित ग्रिन पास्चर अस्पतालमा स्थापित अक्सिजन प्लान्टको उद्घाटन गरे ।
कोभिडका बेलामा नेपाल सरकारले दातृ निकायसँग गरेको आग्रह अनुसार अस्ट्रेलियाले सहयोग गरेको उनले स्मरण गरे । अहिले पनि कोभिडबाट प्रभावितका लागि आर्यआर्जनका क्षेत्रमा आइएनएफमार्फत् काम हुँदै आएको उनले बताए । जीविकोपार्जन, आयआर्जन, अपाङ्गता भएकाको लागि सवलीकरण कार्यक्रममा आफूहरूले सहयोग गर्दै आएको उनले बताए ।
गण्डकी विश्वविद्यालयसँग अष्ट्रेलियाका शैक्षिक संस्थासँग सहकार्यका लागि समन्वय गर्ने उनले प्रतिबद्धता व्यक्त गरे । अक्त अवसरमा प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कँडेल र कानुन, सञ्चार तथा संसदीय मामिलामन्त्री विन्दुकुमार थापाले संघीयता कार्यान्वयमा देखिएका चुनौतीका बारेमा अनुभव सुनाए ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




