राष्ट्रियसभा बैठक : ‘तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ’
काठमाडौं । सरकारले मुलुकका विभिन्न स्थानमा नदी पार गर्न प्रयोग गरिँदै आइएको तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तर लक्ष्य अनुसार काम सम्पन्न हुन नसक्दा अझै पनि नागरिकले अनाहकमा मृत्यु वरण गर्न परिरहेको छ ।
गतवर्ष महाकाली नदी तर्ने क्रममा दार्चुलाको व्यास गाउँपालिका-२ का जयसिंह धामी महाकालीमा खसेर बेपत्ता भएको घटना एक वर्ष पुग्न लागेको छ । तर, नदी पार गर्ने क्रममा तुइनबाट खस्ने क्रम अझै रोकिएको छैन ।
तुइनबाट खसेर नागरिकको ज्यान गएका विषयमा सदनदेखि सडकसम्म चर्को आवाज उठ्ने गरेको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसद इन्दु कडरियाले तुइन चुडिएर नागरिकले मृत्युवरण गर्नुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराए ।
गत बुधबार मात्रै व्यास गाउँपलिका-२ तुम्लिङका १८ वर्षीय सञ्जीव बुढाथोकी भारतबाट तुइन तरेर नेपाल फर्कने क्रममा महाकाली नदीमा बेपत्ता हुनुभएको उनले सदनलाई जानकारी गराए । अहिलेसम्म महाकाली नदीको दार्चुला क्षेत्रमा मात्रै तुइनबाट खसेर २६ जनाले ज्यान गुमाइसकेको उनको भनाइ छ ।
तुइनलाई विस्थापित गरी झोलुङ्गे पुल निर्माण गर्ने सरकारको योजना भए पनि केही स्थानमा मात्र तुइन हटाएर झोलुङ्गे पुल निर्माण भएको सांसद कडरियाले बताए ।
“वर्तमान सरकारले तुइन विस्थापित गर्ने योजनालाई निरन्तरता नदिएका कारण अत्यावश्यक स्थानमा तुइन हटेर झोलुङ्गे पुल निर्माण हुन सकेका छैनन्”, उनले भने, “सोही कारण तुइनबाट खसेर मृत्यु हुने घटना बढिरहेका छन् ।”
महाकालीमा मात्र तुइन विस्थापित गरी ११ स्थानमा पुल निर्माण गर्नुपर्ने कार्ययोजना भए पनि सात ठाउँमा निर्माण कार्य शुरु हुन नसकेको भन्दै उनले त्यस्ता ठाउँमा तत्काल पुल निर्माण गरेर जनताको सुरक्षा गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद खिमलाल देवकाटाले ललितपुरको भैँसेपाटीमा छ वर्षदेखि अलपत्र अवस्थामा रहेको ५०० मिटर सडक निर्माण गर्न आफूँले पटकपटक सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको भए पनि सुनुवाइ नै नभएको र मुलुकमा सरकार छ भन्ने अनुभूति नै नभएको बताए ।
सांसद दीलकुमारी रावल थापा ९पार्वती०ले मुलुकको सबै भन्दा पूरानो त्रिभूवन विश्वविद्यालयमा भइरहेको बेथितीको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद अनिता देवकोटाले संघीयासँगै जनताले शान्ति, विकास र समृद्धिको अपेक्षा लिएको भए पनि जनअपेक्षा अनुसार काम नभएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
सांसद प्रकाश पन्थले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदी रम्घा उपेक्षामा परिरहेको र यसले अपेक्षाकृत फड्को मार्न नसकेको हुँदा यसतर्फ सरकारको प्राथमिकता र ध्यान दिनु जरुरी छ भने ।
“आदिकविको जन्मस्थल आन्तरिक तथा बाह्य सांस्कृतिक पर्यटकको प्रचूर सम्भावना भएको पर्यटकीय स्थल हो, यसको विकासमा सरकारकाले ध्यान दिनुपर्छ”, उनले भने ।
सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोकको तातोपानी नाका जोडिएर कोदारी राजमार्गमा रहेको साँधी खोलामा निर्माणाधीन पुल एक वर्षभित्र निर्माण सम्पन्न गर्नुैपर्नेमा साढे दुई वर्ष बितिसक्दा पनि करिब ३० प्रतिशत मात्र काम सम्पन्न भएको भन्दै तत्काल निर्माण कम्पनीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




