सुनको मूल्यमा आज पनि कीर्तिमान
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ पुगेको छ।
महासंघका अनुसार सोमबार लागि छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार रुपैयाँ तथा १० ग्राममा २ लाख ६४ हजार ९२० रुपैयाँ निर्धारण गरिएको हो। यसअघि आइतबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार ८ सय रुपैयाँ रहेको थियो। एकै दिनमा सुनको मूल्य तोलामा ५ हजार २ सय रुपैयाँले बढेको हो। आज कायम मूल्य हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु, अमेरिकी डलरको विनिमय दरमा उतारचढाव तथा भू–राजनीतिक अस्थिरताका कारण नेपाली बजारमा पनि सुनको मूल्यमा वृद्धि भएको जनाइएको छ।
आज चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य आज तोलामा ६ हजार ७ सय ६५ रुपैयाँ तथा १० ग्राममा ५ हजार ८ सय रुपैयाँ कायम गरिएको छ। हिजो चाँदीको मूल्य तोलामा ६ हजार ४ सय ८० रुपैयाँ रहेको थियो।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा वार्षिक ६७ हजार क्षयरोगी थपिदै
धनकुटा। नेपालमा क्षयरोग अझै गम्भीर जनस्वास्थ्यको समस्याका रूपमा रहेको छ। धनकुटा नगरपालिका र स्वास्थ्य कार्यालय धनकुटाले विश्व क्षयरोग दिवसको...
गोकर्णेश्वरका अनमोल पाँच दिनदेखि बेपत्ता, खोजिदिन परिवारको आग्रह
काठमाडौँ। गोकर्णेश्वर नगरपालिका-६ नारायणटारमा बसोबास गर्दै आएका १२ वर्षीय अनमोल राई चैत ६ गतेदेखि बेपत्ता भएका छन्। उनी आफ्नै...
निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने
काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग नभएका करिब ४० प्रतिशत मतपत्र धुल्याइने भएको छ। प्रतिनिधिसभा...
कांग्रेस केन्द्रीय समिति बैठक बुधवार फेरि बस्ने
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बुधवार बिहान ११ बजे फेरि बस्ने गरी स्थगित भएको छ। बैठकका एजेण्डामाथि केन्द्रीय...




