Breaking News

भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्छः अर्थसचिव उपाध्याय

काठमाडौँ। अर्थसचिव घनश्याम उपाध्यायले भन्सार प्रशासन वास्तविकतामा आधारित हुनुपर्ने बताउनुभएको छ । भन्सार प्रशासन जति वास्तविकतामा आधारित भयो उति नै राजस्वका क्षेत्रहरु परदर्शी बन्दै जाने बताउनुभएको हो ।

पछिल्लो सयम भन्सार प्रशासनमा ग्याट मुल्यांकनलाई अनलाइन प्रणालीमा आबद्ध गर्ने काम भएको भन्दै यो भन्सार प्रशासनका लागि ठूलो सुधार भएको उहाँले बताउनु भयो । सोमवार अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्सार प्रशासनलाई वास्तविक बनाउन भइरहेका पछिल्ला कार्यहरुले राजस्वमा सुधार आउने बताउनु भयो ।

सचिव उपाध्यायले भन्नुभयो–‘पछिल्लो समयमा भन्सार प्रशासनमा ग्याट मुल्यांकनलाई अनलाइन सिस्टममा आबद्ध गर्ने, छिमेकी मुलुकसँग एमओयू गरेर जिएसटीको डेटाहरु एक्सचेञ्ज गर्ने काम भएको छ । भन्सार प्रशासनलाई वास्तविक, थप विश्वासिलो, परदर्शी बनाउने र एकद्धार प्रणालीलाई भन्सार विभागले जुन हिसावले अघि बढाएको यो धेरै राम्रो छ ।’

सचिव उपाध्यायले अन्तर भन्सारमा मूलयांकनमा रहेका विविधतालाई अनलाइन सिस्टममार्फत एकरुपता सिर्जना गर्नुपर्ने उहाँले बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...