अन्तर्राष्ट्रिय

मङ्गोलियामा ऊँट महोत्सवको आयोजनाः पर्यटन र संस्कृतिको संरक्षणमा जोड

पर्यटन प्रवद्र्धन गर्न र ऊँट संस्कृतिलाई आगामी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मङ्गोलियाको दक्षिणी प्रान्त दुन्दगोभीमा ऊँट महोत्सव आयोजना गरिएको छ।

मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखको संरक्षणमा संस्कृति, खेलकुद, पर्यटन र युवा मन्त्रालय, खाद्य, कृषि तथा हल्का उद्योग मन्त्रालय र प्रादेशिक गभर्नरको कार्यालयद्वारा यो महोत्सव आयोजना गरिएको हो । यस फिरन्ते देशका सयौँ ऊँट गोठालाहरू र ऊँटहरूले प्रादेशिक राजधानी मण्डलगोभीमा आयोजित दुई दिने महोत्सवमा सहभागिता जनाएका थिए ।

महोत्सवमा ऊँट दौड, ऊँट पोलो, ऊँट परेड, ऊँट रिले दौड र ऊँटजन्य उत्पादनहरूको प्रदर्शनी समावेश गरिएको छ । पशुधन गणना अनुसार सन् २०२५ मा मङ्गोलियामा ऊँटको संख्या ५ लाख १ हजार भन्दा बढी पुगेको छ । दुन्दगोभी यस एसियाली देशको दक्षिणमा, राजधानी उलान बाटोरबाट करिव २४० किलोमिटर टाढा अवस्थित छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...