अन्तर्राष्ट्रिय

अफगानिस्तानमा भारी हिमपात र वर्षाका कारण ६१ जनाको मृत्यु, ११० घाइते

अफगानिस्तानमा विगत केही दिनदेखि जारी भारी हिमपात र वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणकाअनुसार प्राकृतिक विपत्तिमा परी कम्तीमा ६१ जनाले ज्यान गुमाएका छन् भने ११० जना घाइते भएका छन् ।

यस प्रकोपले अफगानिस्तानका विभिन्न क्षेत्रमा ४५८ घरहरू पूर्ण वा आंशिक रूपमा ध्वस्त पारेको छ । प्राधिकरणले यो तथ्यांक प्रारम्भिक भएको र हाल विभिन्न स्थानमा सर्वेक्षण तथा मूल्याङ्कन जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्नसक्ने बताएको छ।

विगत तीन दिनदेखि जारी अत्यधिक चिसो र हिमपातका कारण राजधानी काबुललाई अन्य प्रान्तहरूसँग जोड्ने मुख्य राजमार्गहरू समेत अवरुद्ध भएका छन् ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...