दक्षिण लेबनानमा इजरायली हवाई हमलामा २ हेजबुल्लाह सदस्यको मृत्यु, ५ घाइते
दक्षिण लेबनानमा इजरायलले गरेको हवाई हमलामा दुई हेजबुल्लाह सदस्यको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।
लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीकाअनुसार टायर जिल्लाको डर्डघया नगरपालिकामा भएको हवाई हमलामा एक जनाको ज्यान गएको छ ।
यसैबीच, जनस्वास्थ्य मन्त्रालयले बिन्त जबेल जिल्लाको खिरबेट सेल्म र कफार्दौनिने गाउँहरू बीचको क्षेत्रमा भएको शत्रुको हवाई हमलामा एक जनाको मृत्यु भएको र पाँच जना घाइते भएको जनाएको छ । एक लेबनानी सुरक्षा बताएअनुसार मारिने दुवै व्यक्ति हेजबुल्लाहका सदस्य थिए ।
इजरायली सेनाले दक्षिण लेबनानको बाजोरिये क्षेत्रमा एक हेजबुल्लाह लडाकुलाई मारेको बताएको छ । यो आक्रमण उक्त समूहद्वारा युद्धविराम सम्झौताको बारम्बार उल्लंघनको जवाफमा गरिएको दाबी गरेको छ।
नोभेम्बर २७, २०२४ देखि अमेरिका र फ्रान्सको मध्यस्थतामा हेजबुल्लाह र इजरायलबीच युद्धविराम लागू भएपनि इजरायली सेनाले लेबनानमा हेजबुल्लाहका ’खतराहरू’ हटाउने दाबी गर्दै बारम्बार आक्रमणहरू गरिरहेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




