नेप्से परिसूचकमा दोहोरो अंकको बृद्धि
काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.६८ अंकले उकालो लागेर एक हजार ९२७.२८ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०९ अंकले उकालो लागेर ३६८.९५ मा पुगेको छ ।
कूल २२६ कम्पनीको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर रु एक अर्ब ७० करोड ७७ लाख ५२ हजार ९७८ बराबर मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु २७ खर्ब ४८ अर्ब ८० करोड ३६ लाख ५० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । बैंकिङ ४.४४, व्यापार २६।०९, होटल तथा पर्यटन ४१.३८, विकास बैंक २६.३५, जलविद्युत् ३०.१५, वित्त २०.१४, निर्जीवन बीमा ७४.४७, उत्पादन ६५.८९, अन्य ३.०७, लघुवित्त १६.०९, जीवन बीमा ११.१३, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.५७ अंकले उकालो लागेको छ ।
नेप्सेका अनुसार कारोबारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा छ । सो कम्पनीको रु सात करोड ९५ लाख ८० हजार बराबरको कारोबार भयो । गुर्खाज फाइनान्स रु सात करोड ६० लाख ४० हजार ४९५, शिवम् सिमेन्ट रु सात करोड ४० लाख १७ हजार ५३५, युनाइटेड इदी मर्दी आरबी आइड्रोपावर रु पाँच करोड ९३ लाख ६४ हजार ६८६ र हिमालयन डिस्टिलरी रु पाँच करोड १३ लाख ६७ हजार ५८३ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भए ।
नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक ९।३५, एनआरएन इन्फास्ट्रक्चर ८.२२, युनाइटेड इन्स्योरेन्स ६।९६, सनराइज फस्ट म्चुअल फण्ड ६.२७ र अरुण काबेली पावरका लगानीकर्ताले ५.८५ प्रतिशतले कमाए । त्यस्तै,नयाँ सारथी लघुवित्त ४.६५, आरबीबी म्युचुअल फण्ड ३.५७, नबिल इक्विटी फण्ड ३.३९, प्रभु लाइफ इन्स्योरेन्स ३.२० र मानुषी लघुवित्तका लगानीकर्ताले २.९५ प्रतिशतले गुमाए ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...
पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट
काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...




