सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा हुनुपर्छ : मन्त्री चौधरी
काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीले जग्गा प्राप्तिलगायत समस्या समाधान गरेर सन् २०३० सम्म खानेपानीको दिगो विकास लक्ष्य पूरा गर्नुपर्नेमा जोड दिएका छन् ।
खानेपानी मन्त्रालयले खानेपानी तथा सरसफाइ क्षेत्रको संघ, प्रदेश र स्थानीय तह समन्वय तथा अन्तर सम्बन्धसम्बन्धी विषयगत समितिको कार्यशाला गोष्ठीलाई मंगलबार साँझ राजधानीमा सम्बोधन गर्दै मन्त्री चौधरीले सन् २०३० सम्म ९० प्रतिशत जनतामा स्वच्छ खानेपानीको पहुँच पुर्याउने गरी तीनै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्ने बताए ।
“खानेपानीमा संघ, प्रदेश र स्थानीय तहले कस्ता कस्ता योजना सञ्चालन गर्ने भन्ने विधि तयार गर्नुपर्छ, संघबाट प्रदेशमा गएको सशर्त अनुदानको प्रगति विवरण मन्त्रालयमा आउनुपर्छ, प्रदेश र स्थानीय तहले सञ्चालन गरेका योजनाको विवरण केन्द्रमा नआउँदा कार्यक्रममा दोहोरपना भएकाले समन्वय आवश्यक भएको छ”, मन्त्री चौधरीले भने ।
कुनै योजनामा २० वर्षदेखि रु पाँच लाख बजेट जाँदा पनि पूरा नभएका उदाहरण भेटिएकाले पनि समन्वय अत्यावश्यक भएकामा खानेपानी मन्त्रालयले जोड दिएको थियो । तीनै तहका सरकारको संयुक्त लगानी कोष बनाएर काम गर्नुपर्नेमा मन्त्री चौधरीको जोड थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाका प्रशासनिक सल्लाहकार जनार्दन शर्मा नेपालले खानेपानीको स्रोत नभएका स्थानमा लिफ्ट आयोजना सञ्चालन गर्न सुझाव दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खानेपानीका बारेमा तीनै तहका सरकारले गरेका कामको समन्वय गर्न सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
सो अवसरमा मधेस प्रदेशका खानेपानी तथा ऊर्जा विकासमन्त्री ओमप्रकाश शर्माले विश्वमा पेट्रोलपछि खानेपानीको समस्या आउने देखिएकाले जलस्रोतको धनी देशले विश्वमा पानी बेच्न सक्ने गरी तीनै तहका सरकारले समन्वयात्मक रुपमा काम गर्नुपर्ने बताए । भ्रष्टाचार अन्त्य गरी खानेपानी योजना कार्यान्वयनमा लैजानुपर्ने उनको भनाइ थियो ।
बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्तप्रसाद मानन्धरले गुणस्तरीय खानेपानी प्रवाह गर्न प्रदेश र स्थानीय तहमा जनशक्ति अभाव रहेको बताए । आधारभूत खानेपानी र स्वच्छ खानेपानीको तथ्यांकमा आफू नै विश्वस्त हुन नसकेको उनले बताए । पर्याप्त मात्रामा खानेपानीका प्रयोगशाला र परीक्षण केन्द्र स्थापना गरिनुपर्ने मन्त्री मानन्धरको भनाइ थियो ।
गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले मौलिक हकका रुपमा व्यवस्था गरिएको स्वच्छ खानेपानीको हक कार्यान्वयन गर्न दुई वर्षे कार्ययोजना बनाएर तीन लाख घरधुरीलाई सेवा दिन लागिएको जानकारी गराए । संघीयताको मूल मर्म अधिकारको विकेन्द्रीकरण भए पनि केन्द्रीकृत प्रणालीको अभ्यासले अन्य क्षेत्रमा जस्तै खानेपानी आयोजना सञ्चालनमा पनि समस्या रहेको उनको विचार थियो ।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले तीनै तहका सरकारको प्राथमिकतामा अझै खानेपानी नपरेकाले स्वच्छ खानेपानीको मौलिक हक कार्यान्वयनमा समस्या रहेको बताए । नेपालमा भएको जलस्रोत उपयोग गरेरै देशले समृद्धि प्राप्त गर्नसक्ने उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य पुष्परमण वाग्ले, संघीय खानेपानी मन्त्रालयका सहसचिव रत्नप्रसाद लामिछाने, सहसचिव मीना श्रेष्ठलगायत प्रदेश मन्त्रालयका सचिव एवं प्रतिनिधिले तीनै तहबाट खानेपानीका क्षेत्रमा भएका काम, सुधार हुनुपर्ने विषय र आगामी कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।
ताजा अपडेट
-
१.
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
-
२.
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
-
३.
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
-
४.
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
-
५.
चुनाव सम्पन्न गरेकोमा राष्ट्रपतिद्वारा सरकारलाई धन्यवाद
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
३.
सर्लाही र रुपन्देहीमा पानीमा डुबेर एक बालकसहित २ जनाको मृत्यु
-
४.
इरानका रक्षामन्त्री मारिएको दावी
-
५.
इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार
सम्बन्धित समाचार
दुर्गम १५ जिल्लाका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिँदै
काठमाडौं। निर्वाचन आयोगले भौगोलिक रूपमा दुर्गम रहेका १५ जिल्लाका मतपेटिका हेलिकप्टरमार्फत ढुवानी गर्ने व्यवस्था मिलाएको जनाएको छ। बिहीबार साँझ...
सुरक्षानिकाय कुनै पनि चुनौती समाधान गर्न सक्षम रहेको प्रमाणित : आईजीपी अर्याल
काठमाडौँ। सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचनले सुरक्षा व्यवस्थापनका हिसाबले सुरक्षानिकाय सक्षम प्रमाणित भएको बताउनुभएको छ। बिहीवार...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा अमेरिकी दूतावासको बधाई
काठमाडौं । नेपालको प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएकोमा अमेरिकी दूतावासले बधाई दिएको छ । आज मतदान सम्पन्न भएको नेपालस्थित...
सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले मतदानपछि नवनिर्वाचित सरकारलाई ‘छिटै’ सत्ता हस्तान्तरण गर्न चाहेको बताउनुभएको छ। मतदान सम्पन्न भएपछि उहाँले भन्नुभएको...




