जसले संसद चलाए, उनलाई नै बनायो रास्वपाले उम्मेदवार
काठमाडौँ। रष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गत भदौ २४ गते काठमाडौंमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवनभित्रै छिरेर तोडफोड र आगजनीमा संलग्न रहेका व्यक्तिलाई आगामी निर्वाचनको उम्मेदवार बनाएको खुलेको छ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि रास्वपाले मोरङ क्षेत्र नम्बर २ बाट कृष्णकुमार कार्कीलाई उम्मेदवार बनाएको छ । कार्की भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा छिरेर विध्वंश मच्चाउने टोलीका मुख्यमध्येका एक रहेको पुष्टि भएको छ ।
मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की १२ वर्ष वैदेशिक रोजगारीमा बसेका व्यक्ति हु्न । उनी जापानबाट केही समयअघि मात्र नेपाल फर्किएका देखिन्छ । उनी आफैंले सामाजिक सञ्जालमा राखेका तस्वीर र पोस्टमा संसद् भवनभित्र कुर्सी थुपारेर आगो लगाएको देख्न सकिन्छ ।
कार्कीले भदौ २५ गते फेसबुकमा लेख्दै आफूले संसद् भवनको कुर्सी जलाएको र नेताहरूको घरमा समेत पुगेर आगजनी गरेको स्वीकार गरेका छन् ।
उनले लेखेका छन्, हामी संसद् भवन प्रवेश गरिम, संसद् भवनको भित्र अगाडि हामीले पुरानो कुर्सी जम्मा गरेर आगो बालिम र खुसियाली मनाइम।।। नेताको घरमा मात्र हाम्रो टारगेट थियो ।’
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थाल्यो
काठमाडौं। काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउन थालेको छ। मात्रा घटाउने उद्देश्यका साथ महानगरले छुट्टै सुक्खा फोहर व्यवस्थापन...
जेन–जी आन्दालनले धनी र गरिवबीचको आम्दानीको वितरणमा ठूलो खाडल
काठमाडौँ। भदौ २२ र २३ गते भएको जेन–जी आन्दोलनको एउटा कारणका रुपमा धनी र गरिवबीचको आम्दानीको वितरणमा रहेको ठूलो...
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता
सुर्खेत । बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बराहताल गाउँपालिका—१...
पेट्रोल, डिजेल र एलपि ग्यासको मूल्य भारी बढ्यो
काठमाडौँ। नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि तथा आपूर्ति व्यवस्थापनको...




