अर्थ

अल्फा केयर र नबिल बैंकबीच छुट सम्झौता

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित बुद्धनगरमा रहेको अल्फा केयर एण्ड डाइग्नोस्टिक सेन्टर र नबिल बैंकबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

सम्झौताअनुसार बैंकका ग्राहकलाई अल्फा केयरको सेवामा १५ प्रतिशत छुट प्रदान गर्ने सहमति भएको छ । सम्झौता पत्रमा अल्फा केयरका वरिष्ठ मार्केटिङ कार्यकारी अधिकृत अस्मिता पराजुली र बैंकका तर्फबाट डिपार्टमेन्ट हेड पारस कुँवरले हस्ताक्षर गरेका छन् ।

बैंकका कार्ड होल्डर ग्राहकले उक्त छुट प्राप्त गर्नेछन् । फार्मेसीमा पनि विशेष छुट प्रदान हुनेछ । २ हजारभन्दा बढीको औषधी अर्डर गर्दा होम डेलिभरी सेवा निःशुल्क उपलब्ध हुने पराजुलीले जानकारी दिइन् ।

अल्फा केयर ए ग्रेडको ल्याब हो । अल्फा केयरमा हरेक दिन साँझ ओपिडी सेवा पनि प्रदान हुँदै आइरहेको छ । ‘स्वास्थ्य परीक्षणका लागि अल्फा केयरमा प्रतिष्ठित चिकित्सकहरुको आबद्धता छ,’ उनले भनिन् ।

ल्याबमा सम्पूर्ण प्रकारका रक्त परीक्षण सेवा उपलब्ध रहेको उनले जानकारी दिइन् । ‘सामान्यदेखि जटिल प्रकारका सम्पूर्ण परीक्षण सेवा हामीले उपलब्ध गराउँदै आइरहेका छौं,’ उनले भनिन् ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...