अन्तर्राष्ट्रिय

इरानमाथि आक्रमण भए हिजबुल्लाह सक्रिय हुने चेतावनी, लेबनानमा इजरायली हमलामा पत्रकारको मृत्यु

हिजबुल्लाहका नेता शेख नइम कासिमले सोमवार इजरायल वा संयुक्त राज्य अमेरिकाले इरानमाथि सैन्य आक्रमण गरेमा आफ्नो समूह तटस्थ नबस्ने चेतावनी दिनुभएको छ ।

अल–मनार स्थानीय टिभी च्यानलमार्फत सम्बोधन गर्दै उनले इरानलाई निशाना बनाइने कुनैपनि युद्धले पूरै क्षेत्रलाई आगोको चपेटामा पार्न सक्ने बताउनु भयो ।

यसैबीच, दक्षिण लेबनानको टायर शहरमा इजरायली सेनाले गरेको आक्रमणमा अल–मनार टिभीका प्रस्तोता शेख अली नुरुद्दिनको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । इजरायली सेनाले यो आक्रमण नोभेम्बर २७ मा लागू भएको युद्धविराम सम्झौताको उल्लंघनको जवाफ भएको दाबी गरेको छ । युद्धविरामका बावजुद इजरायली सेनाले लेबनानमा छिटपुट आक्रमणहरू जारी राखेको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...