अन्तर्राष्ट्रिय

अफगानिस्तानले फलफूल निर्यातबाट १४ करोड २० लाख अमेरिकी डलर कमायो

अफगानिस्तानको उद्योग तथा वाणिज्य मन्त्रालयले गत वर्ष देशले ३ लाख १७ हजार ५१७ टन ताजा फलफूल निर्यात गरेको छ । यसबाट करिव १४ करोड २० लाख अमेरिकी डलर आम्दानी भएको जनाएको छ। स्थानीय टोलो न्यूजका अनुसार निर्यात गरिएका फलफूलहरूमा स्याउ, अनार, खुर्पानी, अंगुर, खरबुजा, तरबुजा र अन्जिर समावेश थिए। यी उत्पादनहरू संयुक्त अरब इमिरेट्स, टर्की, पाकिस्तान, युरोप र मध्य एशियाका बजारहरूमा पुगेका छन्।

कृषि तथा पशुपंक्षी चेम्बरले व्यापारिक मार्ग बन्द हुनु र उच्च ढुवानी लागतले निर्यातमा चुनौती खडा गरेको उल्लेख गर्दै चाबहार र बन्दर अब्बास जस्ता वैकल्पिक बन्दरगाहहरूको प्रयोग गर्न प्रोत्साहन गरिएको रिपोर्टमा उल्लेख छ।

विज्ञहरूले अफगान कृषि उत्पादनहरूको संरक्षण गर्न र सहज व्यापार सुनिश्चित गर्न शीत भण्डारण सुविधाहरूको विकास र वैकल्पिक व्यापार मार्गहरू सुरक्षित गर्नु महत्वपूर्ण रहेको कुरामा जोड दिएका छन्।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...