Breaking News

निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदाताले मतदान गर्ने व्यवस्था सरकारले मिलाउनु पर्छः सोनम गेल्जेन शेर्पा

काठमाडौँ। नेकपा एमालेका राष्ट्रियसभाका सांसद सोनम गेल्जेन शेर्पाले आसन्न निर्वाचनमा हिमाली क्षेत्रका सबै मतदातालाई मतदान हुने व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ ।

चिसोका कारण प्रतिनिधि सभाको आगामी फागुन २१ गते हुने निर्वाचनमा हिमाली क्षेत्रका करिव ६० प्रतिशत मतदाताहरु मतदानमा सहभागी हुन नपाउने अवस्था भएकाले उनीहरुलाई पनि मतदानमा सहभागी गराउनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने सांसद शेर्पाको भनाई थियो। बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सबै मतदातालाई मतदानमा भाग लिन पाउने अधिकारबाट वञ्चित गराउने काम उचित नहुने समेत बताउनुभयो।

सांसद शेर्पाले भन्नुभयो, ‘सरकार र निर्वाचन आयोगले निर्वाचन घोषणा गरिसकेको छ । निर्वाचन फागुन २१ गते हुँदैछ । फागुन २१ गते हिमाली क्षेत्रमा ठण्डा रहेका कारण मतदानमा जाने स्थिति छैन । अब हिमाली क्षेत्रमा करिव ३०, ४० प्रतिशत मात्रै भोट झर्ने अनुमान गरिन्छ। त्यसकारण ६० प्रतिशत जनताहरु मतदानबाट बञ्चित हुने अवस्था देखिन्छ । त्यतातर्फ सरकारको ध्यानाकर्षण गराउँछु ।’

सांसद शेर्पाले निर्वाचनलाई आम मतदाताको हित हुने गरी उपयोग गर्नुपर्नेमा पनि जोड दिनुभयो। –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण

काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि

पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँका यी स्थानमा जाँदैछ आज दिउँसो बत्ती

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ। प्राधिकरणले जारी गरेको सूचनाअनुसार गोठाटार र...