अर्थ

सेयर बजारमा सकारात्मक सर्किट

काठमाडौं। सेयरबजारमा आज दुईवटा सेयरमा पोजिटिभ सर्किट ब्रेक भएको छ।

५.३८ अंकले हरियो बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक र आँखुखोला जलविद्युत् कम्पनीको सेयर १० प्रतिशतले बढेको हो।

योसँगै दुई कम्पनीका लगानीकर्ताले बुधबार क्रमशः प्रतिकित्ता १९९.७० रुपैयाँ र २७.७० रुपैयाँ आम्दानी गरेका छन्। यसबाहेक मिथिला लघुवित्त, पिपुल्स पावर लिमिटेड र बुद्धभूमि नेपाल हाइड्रोका सेयरधनीले पनि क्रमशः ९.५१, ९.२२ र ९.०४ प्रतिशत कमाएका छन्।

बुधबार १४१ वटा सेयरको मूल्य बढेको हो। त्यसैगरी गुडविल फाइनान्सको डिबेन्चर भने ८.०७ प्रतिशतले घटेको छ। यसबाहेक नारायणी डेभलपमेन्ट बैंक ४.६० प्रतिशतले र बाँकी कम दरले घटेका छन्। यस दिन ११२ वटा सेयरको मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

कारोबारमा आज आँखुखोला जलविद्युत् कम्पनीको ८३ करोडको खरिदबिक्री भएको छ। यसबाहेक राधी विद्युत्को ५४ करोडको किनबेच हुँदा एसवाई प्यानल ४९ करोड, युनाइटेड मोदी हाइड्रोपावर ४८ करोड र रिभर फल्स पावरको ३० करोडको कारोबार भएको छ।

बुधबार लगानीकर्ताले कुल ११ अर्ब ४९ करोडको खरिदबिक्री गरे। कुल २ करोड ३६ लाख कित्ता किनबेचमा यो कारोबार भएको हो। आज वाणिज्य बैंक, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स र निर्जीवन बीमा सामान्य घटे पनि बाँकी हरियो रहेका छन्।

सम्बन्धित समाचार

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

सार्वजनिक बिदाका दिन पनि राहदानी विभागले सेवा दिने

काठमाडौँ। सार्वजनिक बिदाका दिन समेत राहदानी विभागले आफ्नो सेवा जारी राख्ने भएको छ। विभागले सार्वजनिक सूचनामार्फत आज र भोलि...

नेप्सेमा गिरावट

नेप्सेमा गिरावट

काठमाडौं। सेयरबजारमा २०.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २६४२.१५ विन्दुमा ओर्लिएको हो। यस दिन...

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

सार्वजनिक ऋणको दायित्व व्यवस्थापनः ६ महिनामै १ खर्ब ८७ अर्ब सकियो

काठमाडौँ। मुलुकको सार्वजनिक ऋण प्रत्येक वर्ष चुलिदैँ जाँदा त्यसबाट सिर्जित दायित्व व्यवस्थापनमा अर्बौं खर्च भइरहेको छ । अर्थ मन्त्रालयका...

घट्यो सुनको भाउ

घट्यो सुनको भाउ

काठमाडौँ। सुनको मूल्य घटेको छ। सोमबार प्रतितोला तीन हजार रूपैयाँ घटेको सुनको भाउ आज तोलामा ९ सय रूपैयाँ घटेको...