अर्थ

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि झिनो अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८९ अंकले उकालो लागेर दुई हजार ५०.५९ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अंकले उकालो लागेर ३९२.५० मा पुगेको छ ।

कूल २१७ कम्पनीको ४१ लाख ३३ हजार ७०९ कित्ता शेयर रु एक अर्ब ७३ करोड १८ लाख ३२ हजार २७० मूल्यमा खरिद बिक्री भयो । कारोबार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने आठ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ । बैँकिङ ०.६२, व्यापार १२.१७, होटल तथा पर्यटन ९.७५, जलविद्युत् १२.६२ र जीवन बीमा २८.२२ अंकले ओरालो लागेको छ ।

त्यस्तै, विकास बैंक ५.३५, वित्त ३१.३६, निर्जीबन बीमा ५६.१९, उत्पादन ६३.४२, अन्य १७.२३, लघुवित्त ७.९९, सामूहिक लगानी कोष ०.०२ र लगानी ०.४८ अंकले उकालो लाग्यो । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब २८ अर्ब ३४ करोड ३६ लाख ५१ हजार ८८३ बराबर भएको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु १६ करोड ४२ लाख ५९ हजार ९१७ बराबरको कारोबार भयो ।

यस्तै, हिमालयन डिस्टिलरी रु सात करोड ३१ लाख ३६ हजार, आइसिएफसी फाइनान्स रु पाँच करोड ३१ लाख दुई हजार ८२७, गुर्खाज फाइनान्स रु पाँच करोड २२ लाख २९ हजार ७७१ र नेपाल पुनरबीमा कम्पनी रु पाँच करोड दुई लाख २० हजार ९३९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार मल्टिप्रपोज फाइनान्स ५.६९, कर्णाली डेभलपमेन्ट बैंक ४.३५, शिवम् सिमेन्ट ३.८७, नेपाल इन्स्योरेन्स कम्पनी ३.७८ र गुर्खाज फाइनान्सका लगानीकर्ताले ३.४७ प्रतिशतले कमाएका छन् ।

यस्तै, लक्ष्मी इक्विटी फण्ड ६.३३, इमर्जिङ नेपाल ४.३१, साङ्ग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र ३.९४, बैंक अफ काठमाडौंको ऋणपत्र ३.७७ र सिभिल बैंकको ऋणपत्रका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन् ।

सम्बन्धित समाचार

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने

काठमाडौं। धुलिखेल-सावा सडक खण्ड चैत ७ देखि २० गतेसम्म रातकाे समयमा बन्द गरिने भएको छ। कार्यालय सडक डिभिजन, भक्तपुरले...

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज बनाउन सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ।...

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ

काठमाडौं। नेपाल आयल निगमले उपभोक्ताले घरमा अनावश्यक भण्डारण गरेकै कारण बजारमा एलपी ग्यास अभाव देखिएको जनाएको छ। त्यसरी भण्डारण...

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

पाल्पा सिमेन्टको आईपीओ बाँडफाँट

काठमाडौँ। पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको...