अमेरिकी फेडरल रिजर्भद्वारा ब्याजदर यथावत
अमेरिकी केन्द्रिय बैंक फेडरल रिजर्भले सन् २०२६ को आफ्नो पहिलो नीतिगत बैठकमा ब्याजदरलाई ३।५ प्रतिशतदेखि ३।७५ प्रतिशतको दायरामा यथावत राख्ने निर्णय गरेको छ ।
बुधवार सम्पन्न फेडरल ओपन मार्केट कमिटीको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि सन् २०२५ को दोस्रो छ महिनामा बैंकले लगातार तीन पटक ब्याजदर कटौती गरेको थियो । कमिटीले जारी गरेको विज्ञप्तिमा आर्थिक गतिविधिहरू ठोस गतिमा अगाडि बढिरहेको र बेरोजगारी दरमा स्थिरताका संकेतहरू देखिएको उल्लेख छ ।
यद्यपि, मुद्रास्फीति अझै केही उच्च रहेकाले ब्याजदरमा तत्कालै थप कटौती नगरिएको बैंकले जनाएको छ । भविष्यमा हुने ब्याजदर समायोजनहरू प्राप्त हुने आर्थिक तथ्याङ्क र विकसित परिदृश्यहरूको मूल्याङ्कनमा आधारित हुने बताइएको छ ।
समितिका १२ सदस्यमध्ये १० जना ब्याजदर स्थिर राख्ने पक्षमा थिए भने स्टेफन मिरान र क्रिस्टोफर वालरले ब्याजदरलाई २५ आधार बिन्दुले घटाउनुपर्ने भन्दै विपक्षमा मतदान गरेका थिए ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




