Breaking News

विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित ५ जनाको मृत्यु

भारतको पश्चिमी राज्य महाराष्ट्रका उपमुख्यमन्त्री ६६ वर्षीय अजित पवार सवार एक निजी विमान बुधवार पुणे जिल्लाको बारामती विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ । मुम्बईबाट करिव २४९ किलोमिटर दक्षिण–पूर्वमा रहेको बारामती विमानस्थलमा अवतरण गर्ने प्रयास गर्दा विमान दुर्घटनामा परेको थियो । भारतको नागरिक उड्डयन नियामक निकाय, नागरिक उड्डयन महानिर्देशनालयकाअनुसार विमानमा सवार सबैको निधन भएको छ ।

मृत्यु हुनेमा उपमुख्यमन्त्री पवारका साथै दुई पाइलट, एक व्यक्तिगत सुरक्षा अधिकारी र एक सहयोगी रहेका छन् । विमान अवतरणका क्रममा नियन्त्रण बाहिर गई भुइँमा बज्रिएपछि तत्कालै आगो लागेको थियो।

उपमुख्यमन्त्री पवार जारी ग्रामीण निकायको चुनावका लागि चुनावी ¥यालीलाई सम्बोधन गर्न मुम्बईबाट पुणे जाँदै हुनुहुन्थ्यो । दुर्घटनाग्रस्त विमान नयाँ दिल्लीमा आधारित भीएसआर भेन्चर्स प्राइभेट लिमिटेडको थियो । जसले माग अनुसार निजी चार्टर उडानहरू सञ्चालन गर्ने गर्दछ ।

सम्बन्धित समाचार

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले  मतदान भइरहेको आयोगको दावी

देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदान भइरहेको आयोगको दावी

काठमाडौँ । निर्वाचन आयोगले देशभर प्रतिघण्टा आठदेखि १० प्रतिशतका दरले मतदानको बढ्दै गएको जनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद...

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

अर्कैको नाममा भोट हाल्न गएका पुरूष पक्राउ

रौतहट। रौतहटमा अर्कैको नाममा भोट हाल्न गएका पुरूषलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार बिहान साढे ११ बजे राजपुर नगरपालिका-९...

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीमा वडाध्यक्षमाथि कुटपिट

कैलालीको गोदावरी नगरपालिका– १० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) माथी आक्रमण भएको छ। वडा नम्बर–१० स्थित शंकर प्राबिको...

दोलखामा हवाई फायर

दोलखामा हवाई फायर

दोलखा। दोलखाको तामाकोसी गाउँपालिका ४ स्थित गोल्मेश्वर माध्यामिक विद्यालयमा मतदान रोकिएको छ। मतदान केन्द्रमा विवाद भएपछि स्थिति तनावपूर्ण बनेको...