राजनीति

बालेनलाई युवा संघका अध्यक्ष थेबेको प्रश्नः लिपुलेकबारे तपाईंको स्टेटमेण्ट के हो ?

काठमाडौं। नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्रशाहलाई लिम्पियाधुरा, कालापानी र लिपुलेकबारे आधिकारिक धारणा सार्वजनिक गर्न चुनौती दिनुभएको छ।

राष्ट्रिय युवा परिषद्को प्रथम बैठकलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो चुनौती दिनुभएको हो। हुनेवाला प्रधानमन्त्रीको लिपुलेक, लिम्पियाधुराबारे तपाईको स्टेटमेन्ट के हो ? थेबेको प्रश्न छ।

उहाँले नयाँ भनिएका राजनीतिक दलहरूसँग ठोस, नीति, दृष्टिकोण र एजण्डा नभएको टिप्पणी पनि गर्नुभयो। उहाँले भावी प्रधामनमन्त्रीका उम्मेदवारहरूसँगै बहस गर्न समेत नेता शाहलाई चुनौती दिनुभयो। उनले मुलुकभर विद्युत विस्तार समेत एमालेको नेतृत्वमा भएको जिकिर गर्नुभयो।

अध्यक्ष थेबेले आगामी आम निर्वाचनपछि समाजलाई सुखी र समृद्ध बनाउने एजेण्डासहित पार्टी जनतामाझ गएको पनि बताउनुभयो।

सम्बन्धित समाचार

सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने

सुरक्षा थ्रेट बढेपछि गौरबहादुर कार्कीलाई सैनिक ब्यारेकमै राखिने

काठमाडौं। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठित आयोगका प्रमुख गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राखिने भएको...

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्दा देश मुडभेटमा नजाओस् : नेकपा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले कानुनी प्रक्रियाको पालना गर्दै गतिविधि अघि बढाउन सरकारलाई खबरदारी गरेको छ । काठमाडौं। नेकपा...

देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने

देउवा कांग्रेसले ओली-लेखक पक्राउप्रति कानुनी उपचार खोज्ने

काठमाडौं। शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री रमेश लेखक र नेपाल कम्युनिष्ट पार्टी...

भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस

भदौ २३ मात्र होइन भदौ २४ घटनामा संलग्नलाई पनि कारबाही हुनुपर्छ : कांग्रेस

काठमाडौं। नेपाली कांग्रेसले भदौ २३ गतेको घटनासँगै भदौ २४ गते भएको आगजनी र विध्वंसमा संलग्नहरूलाई पनि कानुनबमोजिम कारबाही गर्न...