प्रचण्डलाई विप्वलवको जवाफः “माओवाद फालिँदैन–विचलनकारी एकताको अपील सुहाउँदैन”
काठमाडौँ। नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादको पक्षमा आफूहरू सधैँ अडिग रहने स्पष्ट पार्नुभएको छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई लक्षित गर्दै उहाँले विचलनबाट भागेर गरिने एकताको अपील नसुहाउने बताउनुभएको हो ।
कार्यक्रममा विभिन्न पृष्ठभुमिबाट आएका कार्यकर्ताहरूको एकता घोषणा भएपनि विप्लवको यो सम्बोधनले माओवादी आन्दोलनभित्रको गहिरो ध्रुवीकरण र विचारधाराको शुद्धताको बहसलाई फेरि एकपटक तिखो बनाएको छ । उहाँले प्रचण्डले समाजवादी मोर्चाबाट भागेर बनाएको पार्टी कमजोर भएको आरोप पनि लगाउनु भयो । यो जवाफले कम्युनिस्ट आन्दोलनका दुई धारबीचको तनावलाई थप उजागर गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी नेपालबाट आउनुभएका महेन्द्र पाण्डे लगायतलाई पार्टीमा स्वागत गर्दै विप्लवले प्रचण्ड नेतृत्वको माओवादी केन्द्रलाई लक्षित गर्दै आलोचना गर्नुभयो । उहाँले विचलनबाट भागेका नेताहरूलाई फर्किन अपील गर्दै विचारधाराको शुद्धता र सुदृढ एकताको आवश्यकता जोड दिनुभयो ।
नेपालको राजनीति तरंगमयः पार्टी फुट, मिलन र जनताको अलमल
विप्लवले वर्तमान राजनीति “तरंगमय” भएको बताउनु भयो । नयाँ पार्टी जन्मिने, पुराना मर्ने, सत्तासीन वर्ग विभाजित हुने, पुराना नेताहरू बदनाम हुने क्रम चलिरहेको उहाँको भनाइ छ । उहाँकाअनुसार जनतामा अलमल छ—केही नयाँ शक्तितिर, केही क्रान्तिकारीसँग एकतावद्ध हुँदैछन् । कम्युनिस्ट आन्दोलनमा पनि एकता र विभाजनको प्रक्रिया तिब्र छ । “ठूला संकटले सबै क्षेत्रमा प्रभाव पार्छ । सत्तासीन वर्ग पनि ध्रुवीकृत हुन्छन् ।” विप्लवले भन्नुभयो ।
पुराना कम्युनिस्ट पार्टीमा विचलनः सर्वहारा नेता अरबपति बने
विप्लवले पुराना कम्युनिस्ट पार्टीहरू ९माओवादी केन्द्रसहित० मा आएको विचलनलाई कटु सत्यका रूपमा प्रश्तुत गर्नुभयो । उहाँले भन्नुभयो, “हिजो खान–लाउन नपुग्ने सर्वहारा नेताहरू आज अरबपति बनेका छन् । जनताले उनीहरूका घर जलाउने स्थिति आएको छ ।” उहाँले कम्युनिस्ट पार्टीहरू श्रम, मेहनत र जनतामा आधारित हुने सिद्धान्तबाट विचलित भएको आरोप लगाउनु भयो । प्रचण्डलाई प्रत्यक्ष अपीलः “फर्किनुस्, होइन भने विचलन जारी छ”
विप्लवले प्रचण्डले समाजवादी मोर्चाबाट भागेर नयाँ पार्टी बनाएपनि समाजवादी मोर्चा भन्दा कमजोर रहेको बताउनु भयो । २५ सय– तीन हजार केन्द्रिय सदस्य थुपारेर पार्टी ठूलो बनाउन नसकिने भन्दै यो घुइँचो मात्रै भएको बताउनु भयो ।
ताजा अपडेट
-
१.
संविधानले दिएको अधिकार अझै पाएनौँ, विश्वमै कतै नभएको बिना प्रहरीको सरकार चलाइरहेका छौँः मुख्यमन्त्री यादव
-
२.
गैरआवासीय नेपाली राष्ट्र निर्माणको साझेदारः मन्त्री शर्मा
-
३.
१० वर्षमा १०० बिलियन डलरको अर्थतन्त्र बनाउन सकिन्छः उपेन्द्र महतो
-
४.
‘सरकारले दिएको नागरिकता नै नचल्ने भयो’: एनआरएनए अध्यक्ष केसी
-
५.
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
ट्रेन्डिङ
सम्बन्धित समाचार
वैदेशिक रोजगारीबाट आउने विप्रेषणको १० प्रतिशत मात्रै सामूहिक लगानी गर्नसके देशको मुहार फेरिन्छः राजेन्द्रकुमार शर्मा
काठमाडौँ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष राजेन्द्रकुमार शर्माले वैदेशिक रोजगारीबाट भित्रिने विप्रेषण ९रेमिट्यान्स० लाई सामूहिक लगानीमार्फत ठूला आयोजनामा...
लिङ्देनले कारबाही गरेका दुई नेताको आरोप : कुन विधान टेकेर कारबाही गरेको?
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट पदमुक्त गरिएका दुई नेताले आफूहरूमाथिको कारबाही विधानसम्मत नभएको बताउनुभएको छ। स्पष्टीकरणको मौका समेत...
इजरायली आक्रमणमा दक्षिण लेबनानमा १३ जनाको मृत्यु, नेपाली ब्यारेकमा पनि आक्रमण
काठमाडौं। दक्षिण लेबनानमा शुक्रबार राति इजरायली हवाई आक्रमण जारी रहँदा १३ जनाको मृत्यु भएको छ। लेबनानी आधिकारिक स्रोतकाअनुसार संयुक्त...
इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबैको मृत्यु भएको पुष्टि
पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी १३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको...




