क्षेत्रीय तनावलाई लिएर इरान र अजरबैजानका विदेशमन्त्रीबीच छलफल
इरान र अजरबैजानका विदेशमन्त्रीहरूले अमेरिकी सैन्य गतिविधि र क्षेत्रीय सुरक्षाबारे संवाद गरेका छन् । जसमा अजरबैजानले आफ्नो भूमि इरान विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता जनाएको छ । इरानी विदेशमन्त्री सैयद अब्बास अराघची र उनका अजरबैजानी समकक्षी जेहुन बायरामोभले अमेरिकी सैन्य निर्माणका कारण उत्पन्न क्षेत्रीय तनावका बारेमा विचार आदानप्रदान गरेका हुन् ।
दुवै देशका परराष्ट्र मन्त्रालयकाअनुसार टेलिफोन वार्तामा अराघचीले क्षेत्रीय विकास, अमेरिकी विनाशकारी हस्तक्षेपबाट उत्पन्न खतरा र इजरायलका दमनकारी कार्यहरूको बारेमा व्याख्या गरेका थिए । शान्ति र स्थिरताका विरुद्धका खतराहरूको सामना गर्न सबै क्षेत्रीय राष्ट्रहरूको सामूहिक जिम्मेवारी रहेको कुरामा जोड दिएका छन् ।
बायरामोभले अजरबैजानले छिमेकी इरान वा अन्य कुनैपनि देश विरुद्ध सैन्य कारबाहीका लागि आफ्नो हवाई क्षेत्र वा भूमि प्रयोग गर्न कहिल्यै अनुमति नदिने कुरामा दृढताका साथ पुनः पुष्टि गरेका छन् । विवादहरू अन्तर्राष्ट्रिय कानून बमोजिम वार्ता र कूटनीतिबाट मात्र सम्बोधन गरिनुपर्ने कुरामा जोड दिएका छन् । दुवै पक्षले आपसी सम्बन्ध र सहयोग सुदृढ गर्न पनि सहमति जनाएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




