दक्षिण कोरियाको नर्थ चुङच्योङ प्रान्तमा कारखाना आगलागी, एक नेपालीसहित २ कामदार फसेको आशंका
दक्षिण कोरियाको उमसेओङ काउन्टीमा रहेको एक घरेलु सामान उत्पादन गर्ने कारखानामा शुक्रबार दिउँसो भीषण आगलागी हुँदा एक नेपालीसहित दुई कामदार फसेको बताएएका छन् । कारखानाका कुल ८३ कर्मचारीमध्ये ८१ जनालाई तुरुन्तै सुरक्षित रूपमा निकालिएको छ ।
बेपत्ता हुनेहरूमा २० वर्षका एक नेपाली युवक र ५० वर्षका उज्वेकिस्तानका एक पुरुष रहेका छन् । अग्नि नियन्त्रकहरूले आपतकालीन प्रतिक्रियालाई लेभल २ मा बढाएर आगलागी नियन्त्रण र खोजी कार्य जारी राखेका छन् । कारखानाले वेट वाइप्स र डायपर उत्पादन गर्दछ र त्यहाँ कुनै पनि हानिकारक रसायनहरूको प्रयोग नगरिने बताइएको छ ।
आगो पूर्ण रूपमा नियन्त्रणमा आएपछि आगलागीको कारण र क्षतिको अनुसन्धान गरिने अधिकारीहरूले बताएका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
-
२.
देशको समृद्धिको सपनालाई कांग्रेसले मात्रै पूरा गर्न सक्छ – उपसभापति भुषाल
-
३.
दक्षिण अफ्रिका टी-२० विश्वकपको सेमिफाइनलमा
-
४.
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
-
५.
परिणामको चिन्ता छैन, चुनावलाई सफल बनाउनु छ : गगन थापा
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




